प्रधानमन्त्री प्रचण्ड आजै निजी निवास खुमलटार सर्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकारी निवास बालुवाटार छोड्ने तयारी थालिएकाे छ। स्रोतका अनुसार उनी दिउँसो ४ बजे बालुवाटारबाट निस्कने बताइएकाे छ। प्रधानमन्त्रीले आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदै छन्। नेपाली काँग्रेस र एमालेले गत सता नयाँ समीकरण बनाउने सहमति गरेपछि प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिन लागेका हुन्।
बिएल संवाददाता - काठमाडाैँ