बिहिबार, १३ नोभेम्बर २०२५

बिर्तामोडमा हात्तीले चार घरमा क्षति पुर्‍यायो

जिल्लाको बिर्तामोड नगरपालिका–७ स्थित डाँडागाउँमा गएराति हात्तीले चारवटा घरमा क्षति पुर्याएको छ। राति आएका चारवटा हात्तीले चार घरमा क्षति पुर्‍याएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले हात्तीले ती घरमा क्षति पुर्‍याउँदा रु तीन लाख १० हजार बराबरको क्षति भएको जानकारी दिए। हात्तीले स्थानीय नवराज लिम्बू, डम्बर विक, सोनु सुनुवार र खगेन्द्र घिमिरेको घरका पर्खाल भत्काउनाका साथै घरभित्र अन्नपातसमेत नष्ट गरेको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - बनियानी

चितवन बस दुर्घटना– अध्ययनमा गएको गृह टोलीले के देख्यो?

चितनवमा पहिरोमा परी तीन दिनदेखि त्रिशुलीमा दुई बससँगै हराइरहेका ५७ जना नागरिकको खोजीबारे गृहमन्त्रालयको टोलीले अध्ययन गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

हजारौँ नेपालीको पैसा कुम्लाएका सगुनका ठगहरू फेरि सक्रिय

यस ठगी धन्दाका मुख्य पात्र हुन्, अमेरिकामा बस्दै आएका गोविन्द गिरी र कविन्द्र सिटौला। गिरी संस्थापक हुन्। सगुनले त्यत्तिबेला मार्क जुकरबर्गको फेसबुक (मेटा)लाई ठक्कर दिने दावी गिरी र सिटौलाको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

छविलाल विश्वकर्मा मन्त्री बन्दै

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले तयार पारेकाे मन्त्री बनाउनेहरुकाे नामावलीकाे सूचीमा विश्वकर्माकाे नाम पनि समावेश रहेकाे एमाले स्राेतले जनायाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजीका लागि विदेशबाट प्रविधि झिकाइने

‘आवश्यक प्रविधि ल्याउनका लागि लागि सम्बन्धित देशका राजदूतसँग कुराकानी भइरहेको र चीन तथा भारतबाट उपकरण आउने प्रतिबद्धता आएको छ,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

सिमलताल पहिरो: गृहसचिव र आइजिपी दुई वटा बस बगेको क्षेत्रमा

स्थलगत अवलोकनमा गृहसचिव अर्याल, महानिरीक्षक कुँवरज्यूलगायत सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारीज्यूहरू, विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सह-सचिवज्यू तथा वरिष्ठ प्रहरी अधिकृतज्यूहरूको उपस्थित रहेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बिदाइका क्रममा मन्त्री तामाङले भने- उल्लेख्य काम गर्ने मौका मिल्यो

आइतबार बिदाइका क्रममा उनले नेपाल पर्यटन बोर्डको सदस्यहरुको प्रक्रिया गर्ने समिति नै अवैधानिक हो भनेर प्रश्न उठेको समयमा त्यसलाई वैधानिक हिसाबले प्रक्रिया सुरु गरेर तीनजना बोर्ड सदस्य छनोट गर्ने काम भएको जानकारी गराए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्री माग्नेहरूको ‘बालकोटमा घुइँचो’

चौथोपटक प्रधानमन्त्रीकाे जिम्मेवारी बोक्न तम्सिएका उनलाई नेता–कार्यकर्ताहरूले थप हौसला बाँडिरहेका छन्। त्यसो त अध्यक्ष ओलीलाई बधाई तथा शुभकामना दिन र नमस्कार गर्न बालकोट जानेहरूको ज्यादै भीडभाड छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्रालयबाट बाहिरिँदै गर्दा विराजभक्तले भने- धेरै राम्रो काम गर्न मन हुँदाहुँदै सकिएन

‘मेरो यो पहिलो कार्यकारी अनुभव हो। त्यसैले सबैजना मेरो मार्गदर्शक हुनुभयो। मन्त्रालयमा आउँदा कोही कसैसँग व्यक्तिगत आग्रह पूर्वाग्रह थिएन। एकदमै ओपनमाइनडेड भएर आएको हुँ। मेरो पदीय दायित्व मर्यादामा बसेर निष्ठाका साथ गर्छु भनेर स्पष्ट थिएँ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिशूलीमा बेपत्ता यात्रुको खोजीलाई तीव्रता दिन सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन

प्रधानमन्त्री दाहालले सिमलताल बस दुर्घटनापछिको खोजी कार्य र पछिल्लो अवस्थाको जानकारी लिएका थिए। उनले सबै उपायहरूको अबलम्बन गरेर हराइरहेकाहरूको खोजी कार्यलाई अझै तीव्रता दिन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सञ्चारमन्त्रीमा सूर्य थापा र पदम गिरीको चर्चा, योगेशको सम्भावना बलियो

महासचिव शंकर पोखरेलले पूर्वमन्त्री भट्टराईलाई सञ्चारमन्त्री बनाउँदा सबैतिर सकारात्मक सन्देश जाने सल्लाह दिएको उनीनिकट एक केन्द्रीय सदस्यले जनाएका छन्। यस कारणपनि भट्टराईको सञ्चारमन्त्री बन्ने बलियो सम्भावना रहेको एमाले स्रोतले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न एक सय ४९ जना सशस्त्र प्रहरी परिचालन

सशस्त्र प्रहरीका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार बेपत्ताको खोज तथा उद्धार गर्न सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ११ गोताखोरसहित ७९ जना परिचालन गरिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागमती प्रदेशमा नयाँ सरकार गठनको बाटो खुल्दै

उनले भने, ‘आइतबार सरकारमा रहेका दलहरूसँगको छलफलमा विश्वासको मत लिने मितिको बारेमा निर्णय हुन्छ। मैले मिति तय गरेको छैन। साझेदार दलहरूसँगको छलफलपछि संसद सचिवालयमा पत्र पठाउँछु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिशूलीमा बेपत्ता बसका पाँच जना यात्रुकाे शव भेटियाे

चितवनको भरतपुर नगरपालिका–२८ स्थित गोलाघाट र पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका-७ स्थित नारायणी नदी किनारमा गरी आज दुई शव फेला परेकाे हाे।उनीहरूकाे शनाखत हुन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ। शनिबार भेटिएकाे तीन शवको भने सनाखत भइसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुकुल ढकालकाे दाबी- स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई कुट्ने धम्की आयाे

‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे , फोन उठाइन । मसँगै बस्ने भाइलाई फोन गरेर "मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन"... लगायत अनेक भनेकाले, हिजै राती इलाकाको डिएसपिलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु’, उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिशूलीमा बेपत्ता बस र यात्रुको अवस्था अझै अज्ञात

शुक्रबार र शनिबार सेना, सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरीको प्रयासमा ४ जनाको शव फेला परेको छ। जसमध्ये दुई जनाको मात्र पहिचान खुल्न आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिमलताल पहिराे: गोलाघाटमा भेटियो अर्काे शव

नारायणी नदीको टापुमा घोप्टो परेको अवस्थामा अन्दाजी ३०/३५ वर्षको पुरुषको शव फेला परेको हो। उक्त शव शुक्रबार बिहान सिमलताल पहिराेमा यात्रुसहित बेपत्ता बसकाे हुन सक्ने अनुमान गरिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

त्रिशूलीमा बेपत्ता बस खाेज्न ९० सशस्त्र प्रहरी परिचालन, ४० किलाेमिटर तलसम्म खाेजिने

त्रिशूली  दीमा दुर्घटना भई बेपत्ता भएको दुई यात्रुसहितको बस खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपालका ९० जनाको सुरक्षा फौज परिचालन गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं