बिएल संवाददाता
नेकपा (एमाले)का महासचिव शंखर पोखरेलले लोकतन्त्रमा सरकारमा रहेको पार्टी जनतामा जानु स्वभाविक भएको बताएका छन्।
शुक्रबार काठमाडौँको दरबारमार्गमा जारी पार्टीको जागरण सभालाई सम्बोधन गर्ने क्रममा नेपाल लोकतन्त्र भएको देश भएकोले सरकारको नेतृत्व गरिरहेको आफ्नो पार्टी सडकमा जानु स्वभाविक भएको बताएका हुन्।
‘एउटा प्रश्न उठाउने गरिएको छ– सरकारमा रहेको पार्टीले सभा जुलुस गर्न मिल्दछ?’, पोखरेलले भने, ‘म तपाईंहरुलाई भन्न चाहन्छु लोकतन्त्र भएका मुलुकमा, लोकतन्त्रमा विश्वास गर्ने पार्टीहरु सधैँ जनतमा जाने गर्दछन्।’
उनले छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि दिनहुँ विभिन्न राज्यका कार्यक्रममा जाने गरेको उल्लेख गरे।
एमाले जनताको पार्टी भएकाले जनतामै गएरै भ्रमहरुलाई चिर्ने बताए। ‘नेकपा एमाले जनताको पार्टी भएको हुनाले जनतामा जाने फैसला गरेको हो यो कुनै सरकारको कार्यक्रम होइन, हाम्रो पार्टीको कार्यक्रम हो’, पोखरेलले भने।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया