मङ्गलबार, ०४ नोभेम्बर २०२५

भारतले भन्यो, नेपालमा जे भइरहेको छ नजिकबाट ‘नियालिरहेका’ छौं

भारतीय विदेशमन्त्रालयले एक विज्ञप्ति निकालेर नेपालका धेरै सहरहरूमा कर्फ्यू लगाएका कारण नेपालमा रहेका भारतीय अधिकारी तथा अन्य नागरिकलाई सुरक्षित रहन पनि भनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेनलाई जेन-जीको अल्टिमेटम- दुई बजेभित्र सडकमा नआए हामी आफ्नो ‘लिडर’ आफैं चुन्छौं

बालेनलाई आन्दोलनको नेतृत्वमा आउन बारम्बार आग्रह गर्दा पनि सामाजिक सञ्जालमा मात्रै सीमित रहेको भन्दै उनीहरूले प्रत्यक्ष सहभागीताका लागि मंगलबार दिउँसो दुईबजेसम्मको अल्टिमेटम दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि दिए राजीनामा

पौडेलका निकट सहयोगीका अनुसार यसअघि उनले महामन्त्री गगन थापासँग पनि कुराकानी गरेका थिए। सोमबार जेनजीको आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा १९ जना मारिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाका सबै सांसदहरूले राजीनामा दिँदै

राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरूले राजीनामा दिने तयारी गरिरहेका छन्। जेनजीको आन्दोलनमा अन्धाधुन्ध गोली चलाएर १९ जना युवा मारिएपछि रास्वपाका सांसदहरूले राजीनामा दिने तयारी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शेरबहादुरको घर जलाउन तम्सिएका जेनजीलाई प्रहरीले राेक्याे

कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासतर्फ अघि बढिरहेका जेनजीलाई प्रहरीले रोकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जेन-जीको ‘टार्गेट’, नेताका घर-घरमा तोडफोड र आगजनी

काठमाडौं उपत्यकामा रहेका विभिन्न नेताहरूको घरमा बिहानैदेखि ढुङ्गामुढा र आगजनी सुरु भएको छ। उनीहरूले ललितपुरस्थित सञ्चारमन्त्री पृथ्वीसुब्बाको निजी निवासमा आगजनी गरेका छन्। त्यस्तै खुमलटारस्थित प्रचण्ड निवासमा पनि उनीहरूले ढुङ्गा हानेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेनजीले प्रहरी गाडीमा लगाइदिए आगो

सोमबारको आन्दोलनमा १९ जना मारिएपछि यतिबेला जेनजी झनै आक्रोशित बनेका छन्। यही आक्रोशमा जेनजी पुस्ताले ललितपुरको मंगलबजारमा प्रहरीको गाडी जलाइदिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडौंका सिडिओसहित प्रहरी अधिकारीहरूलाई निलम्बन तयारी

यो घटनापछि सोमबार साँझैदेखि काठमाडौंका प्रमुख जिल्ला अधिकारी रिजालले प्रशासन कार्यालयको वेभसाइटबाट आफ्नो तस्विर हटाएका छन् र सञ्चारकर्मीको फोनसमेत उठाउन छोडेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सञ्चारमन्त्रीको घरमा ‘Gen–Z’ ले लगाए आगो

सोमबारको प्रदर्शनमा १९ जना युवा मारिएपछि मंगलबारदेखि आक्रामक बनेका जेनजी पुस्ताहरूले सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमाआगजानी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कृषिमन्त्रीले दिए राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले राजीनामा दिएका छन्। सोमबार काठमाडौं १९ जना युवा मारिनेगरी गएको सरकारको नरसंहारपछि उनले पदबाट राजीनामा दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काँग्रेसले तत्काल सरकार छोड्छ: गगन थापा

सोमबार भएको जेनजीको आन्दोलनमा प्रहरीले ताकिताकि आन्दोलनकारीलाई गोली हानेको थियो। १९ जना युवाको ज्यान गएपछि साँझपख पार्टीसभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका थिए। त्यसमा पनि थापाले काँग्रेस सरकारबाट बाहिरिनुपर्छ भनेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्फ्यूले छेकेन ‘जेन-जी’लाई, ‘हत्यारा’ सरकारविरुद्ध बिहानैदेखि नाराबाजी

काठमाडौंमात्रै नभएर देशभरिका मुख्यमुख्य सहरहरूमा बिहानैदेखि उनीहरूले जुलुस र नाराबाजी सुरु गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौं र ललितपुरमा बिहानैदेखि कर्फ्यू

सोमबार ‘जेन-जी’ पुस्ताले गरेको प्रदर्शनका क्रममा काठमाडौंमा मात्रै १९ जना किशोर मारिएका थिए। त्यसपछि राति अबेरसम्मै ठाउँठाउँमा झडपहरू पनि भए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ओलीलाई ‘तँ’ सम्बोधन गर्दै बालेनले लेखे– ‘आतङ्कवादी होस्’

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्रीलाई ‘तँ’ सम्बोधन गर्दै फेसबुकमा स्टाटस लेखेका छन्। उनले प्रधानमन्त्रीलाई भारौटेहरुको बा भएको भन्दै छोरा छोरीको मृत्युको पीडा नबुझेको आरोप लगाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ

जेन जी पुस्ता मात्रै देशको अमूक भविष्य होइन, यो आजको वर्तमान हो। पुस्तामाथिको बर्बरता कुनै पनि हालतमा सैह्य हुनेछैन। गृहमन्त्रीमात्रै होइन, यो घटनापछि प्रधानमन्त्रीले नै राजीनामा दिनुपर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं