चार प्रदेशमा वर्षा, यस्तो छ दिनभरको मौसम
महाशाखाका अनुसार आज दिउँसो पनि देशभर मौसम सामान्य बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका प्राय स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपातको सम्भावना पनि छ। आज राति देशका पहाडी भूभागमा बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। देशका पहाडी भूभागका केही स्थानमा भने वर्षाको सम्भावना छ भने देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना छ।
बिएल संवाददाता - काठमाडौं