सोमबार, १० नोभेम्बर २०२५

सिरहामा तस्करको गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु, हत्या गराएको परिवारकाे आरोप

अवैध मदिरा नियन्त्रणमा लिन मध्यरातमा सीमामा खटिएका सशस्त्र प्रहरी नायव निरीक्षक (सई) लक्ष्मण यादवको मृत्यु भएको छ। नेपालबाट भारततर्फ अवैध मदिरा तस्करी निकासी गर्ने तस्करको स्कारपियो गाडीले भारतीय सीमा नजिकै सिरहाको बरियारपट्टी गाउँपालिका पाँच कचनारी गाउँमा यादवलाई ठक्कर दिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

रोल्पामा ढिस्काेले पुरिँदा पुल बनाउने चार मजदुरकाे मृत्यु

आइतबार बिहान पाैने १० बजे सुनछहरी गाउँपालिका ३ मौलाबाङ र बाहिरीगाम जोड्ने झोलुङ्गे पुल निर्माणको लागि खाल्डोमा काम गर्दै गर्दा माथिबाट आएकाे ढिस्काेले पुरिएर ५ जना पुरिएका थिए। जसमध्ये चार जनाकाे मृत्यु भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

चार देशका राजदूतले लिए शपथ

आइतबार बिहान शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलसमक्ष अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, जर्मनीका लागि डा.शैल रुपाखेती, साउदी अरबका लागि डा.नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि चित्रलेखा यादवले शपथ ग्रहण गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केदार रायमाझीलाई  ‘लिभिङ फर अदर’ अवार्ड

युनिभर्सल पिस फेडेरेसन (युपीएफ)द्वारा प्रदान गरिने ‘लिभिङ फर अदर अवार्ड’ समाजसेवी तथा ग्लोबल गस्पेल मिनिस्ट्रीका संस्थापक अध्यक्ष केदार रायमाझी ‘जीवन’लाई प्रदान गरिएको छ। शनिबार साँझ रायमाझीलाई अवार्ड प्रदान गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

उपनिर्वाचन: कीर्तिपुरमा उत्साहपूर्वक मतदान (तस्बिरहरू)

मतदान जारी रहँदै गर्दा कीर्तिपुर नगरपालिकाका मेयर पदका उम्मेदवार कृष्णमान डंगोलले कीर्तिपुर जनताको अपार मायाले जित्ने दावी गरेका छन्। उनले आफ्नो इमान्दारिता नै देखेर कीर्तिपुरबासीहरुले आफूलाई भोट गरेर जिताउने दावी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संखुवासभामा खुकुरी प्रहार गरी एक जनाको हत्या

संखुवासभामा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ। जिल्लाकाे उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–२ चेपुवामा खुकुरी प्रहारबाट ५६ वर्षीय तेन्जोङ भोटेको हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कञ्चनपुरमा प्रहरीका पूर्वअसईले गरे श्रीमतीको हत्या

कञ्चनपुरमा नेपाल प्रहरीका पूर्वप्रहरी सहायक निरीक्षक(असई)ले श्रीमतीको हत्या गरेका छन्। भीमदत्त नगरपालिका–८ तिलाचौरका ४९ वर्षीया पूर्वअसई नरेन्द्र विष्टले ३० वर्षीया श्रीमती ज्योति विष्टको हत्या गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बलात्कार घटनाको अनुसन्धानमा प्रहरीको लापरवाही, अभियुक्त छुटाउन चलखेल

प्रहरीले अनुसन्धान सकेको भन्दै गत कात्तिक १३ गते नै सरकारी वकिलमार्फत मुद्दाको मिशिल जिल्ला अदालत झापामा बुझाएको छ। १४ गते जिल्ला न्यायाधीश ऋतबहादुर पुलामी मगरको इजलासमा परेको उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

मतदानपछि मन्त्री सिंहले भने-लोकतन्त्रको सुदृढीकरणका लागि सबैले मतदान गर्नुपर्छ

काठमाडौँ महानगरपलिका वडा नं १६ मा जारी उपनिर्वाचनका क्रममा उनले मतदान गरेका हुन्। पक्नाजालस्थित युवक मावि मतदान केन्द्रबाट उनले मतदान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपनिर्वाचनको मतदान सुरू, मतदाता बिहानैदेखि लाइनमा

देशका विभिन्न स्थानीय तहका लागि ४१ पदमा हुन लागेको उपनिर्वाचनको मतदान सुरू भएको छ। बिहान ७ बजेदेखि सुरू भएको मतदानमा बिहानैदेखि मतदाताहरू मतदानका लागि लाइन बसेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रिय सभाकी उपाध्यक्ष घिमिरे मलेसिया प्रस्थान

राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरे १३ जना संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मलेसिया प्रस्थान् गरेकी छिन्। मलेसिया सरकारको निमन्त्रणामा वित्तीय तथा प्रशासनिक विनियोजन सम्बन्धी संसदीय अभ्यासहरूको सात दिने अध्ययन तथा अवालेकन भ्रमणका लागि संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै घिमिरे मलेसिया गएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज स्थानीय तहको उपनिर्वाचन हुँदै, बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने

आज स्थानीय तहको उपनिर्वाचन हुँदैछ। ४१ पदका लागि हुन लागेको उपनिर्वाचनमा बिहान ७ देखि अपराह्न ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ।  नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्रीले दिए राष्ट्रपतिलाई चीन भ्रमणबारे जानकारी

राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न औपचारिक चीन भ्रमणबारे आज (शनिबार) जानकारी गराएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपिएल हेर्न गएका साता जना भीडमा च्यापिएर घाइते, एक प्रहरी जवानकाे अवस्था गम्भीर

भीडमा च्यापिएर पाँच जना दर्शक र दुई जना प्रहरी घाइते भएकाे काठमाडाैँ प्रहरी परिसरले जनाएकाे छ। जसमध्ये एक जना घाइते प्रहरीकाे अवस्था गम्भिर रहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

स्थानीय तह-उपनिर्वाचनका लागि तयारी पूरा

आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा मतदाताहरुलाई निर्धक्क र स्वतन्त्र वातावरणमा मतदान गर्न अपिल गर्दै शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न सबै सरोकारवालासँग सहकार्यको अपेक्षा व्यक्त गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

लोकतन्त्रकाे बगैंचामा नयाँ फूलहरू फक्रिन दिनुपर्छ: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक प्रक्रियाले नयाँ अनुहारहरूको उदयलाई स्वागत गर्नुपर्ने बताएका छन्। लोकतन्त्रलाई सुदृढ बनाउन नयाँ शक्ति र अनुहारलाई दबाउन होइन, फुल्न दिनुपर्ने उनले स्पष्ट पारेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

त्रिविका विद्यार्थीलाई एनपिएलको टिकटमा ५० प्रतिशत छुट

त्रिभुवन विश्वविद्यालमा अध्ययनरत विद्यार्थीहरूलाई नेपाल प्रिमियर लिग (एनपिएल)को टिकट ५० प्रतिशत छुटमा वितरण गरिने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्कदै

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज स्वदेश फर्कदै छिन्। चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा रहेकी उनी आज स्वदेश फर्किन लागेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

स्थानीय तह उपनिर्वाचन: मतगणनाको जानकारी आयोगको वेबसाइटमै

भोलि आइतबारदेखि हुन लागेको स्थानीय तहको उपनिर्वाचनको मत परिणाम आयोगले आफ्नो वेबसाइटबाट पनि गराउने भएको छ। निर्वाचन आयोगकाअनुसार ४१ पदका लागि हुन लागेको उपनिर्वाचनको  मतपरिणाम समयसमयमा गराइने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ