बिएल संवाददाता
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले युरोपभरि जनसम्पर्क समितिलाई सक्रिय बनाउन जरुरी रहेको बताएका छन्।
नेपाली जनसम्पर्क समिति बेल्जियमले आयोजना गरेको युरोपभरिका जनसम्पर्क समितिका प्रतिनिधिहरूको भेलामा मन्तव्य राख्दै डा. महतले बेल्जियम युरोपको केन्द्रबिन्दुमा रहेको र धेरै प्रतिबद्ध व्यक्तिहरू सक्रिय रहेकाले बेल्जियम समितिको भूमिका युरोपमा अत्यन्तै महत्वपूर्ण रहेको बताए।
युरोपका विभिन्न जनसम्पर्क समितिहरूलाई थप क्रियाशील बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उनले आफू पूर्वी युरोप (रोमानिया, क्रोएसिया, हंगेरी, अल्बानिया, बुल्गेरिया) मा जाँदा ठूलो संख्यामा नेपालीहरू रहेको र ती ठाउँमा जनसम्पर्क समिति विस्तार गर्न जरुरी भएको बताए।
जहाँ पहिलेदेखि जनसम्पर्क समिति छ र नेपालीहरूको पहिलो पुस्ताबाट दोस्रो पुस्तामा प्रवेश गरेका छन्, ती देशहरूमा समितिहरूलाई थप सक्रिय गर्नुपर्ने आवश्यकता रहेकोमा उनले जोड दिए।
उनले डेनमार्कमा देखिएको समस्या समाधान भई संगठन निर्माण र जनसम्पर्क समितिको उपस्थितिलाई विस्तार गर्ने तथा एकीकृत गर्ने दिशामा जानुपर्नेमा जोड दिए।
उनले युरोप, अमेरिका, मध्यपूर्व र दक्षिण पूर्व एसियामा ठूलो संख्यामा नेपालीहरू बस्ने भएकाले अब नेपालको राजनीतिलाई मात्र हेरेर नपुग्ने बताए।
पार्टीहरूले नेपालबाहिर पनि नेपाल छ भन्ने कुरा आत्मसात गर्न जरुरी रहेको र नेपाली कांग्रेसले यसलाई आत्मसात गरिरहेको उनको भनाइ थियो।
डा. महतले विदेशमा बस्ने नेपालीहरूको विषयमा निर्णायक कुरा गर्ने पार्टी नेपाली कांग्रेस नै भएको बताए।
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया