बिएल संवाददाता
पर्साबाट श्रोत नखुलेको २० लाख रुपैयाँ भन्दा बढी रकमसहित एक व्यक्तिलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ।
चैत ६ गते बिहान विरगंज महानगरपालिका–१६ भन्सार मेनगेटबाट सिमा सुरक्षा गुल्म विरगंजले विरगंज–१७ का ५० वर्षका विनयशंकर साहलाई नियन्त्रणमा लिएको सशस्त्रका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले बताए।
भारतबाट बीआर ०५ बीके ८६०३ नम्बरको मोटर्साइकलमा आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्यूरोको सुचनाको आधारमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलको सिट कभरभित्र प्लास्टिकमा प्याक गरेर ल्याउदै गरेको अवस्थामा स्रोत नखुलेको नगद सहित नियन्त्रणमा लिइएको हो।
निजको साथबाट नेपाली रुपैयाँ २० लाख २ हजार ५० र ६ सय भारतीय रुपैयाँ समेर बरामद भएको छ। नियन्त्रणमा लिइएका साहलाई सामान र नगदसहित भन्सार कार्यालय विरगंजमा बुझाइएको डीआईजी भट्टले बताए।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया