गोरखापत्र
देशको सङ्घीय राजधानी काठमाडौंको व्यस्त शहर तथा बजारहरुमा नै पछिल्लो समय व्यापार–व्यवसाय भएन भन्ने गुनासो बढेको छ।
नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष कुमार कार्कीका अनुसार मुख्य बजारमा नै व्यापार कम भएका कारण सटरहरु खाली भएको अवस्था छ। भएको लगानी नै नउठ्ने र व्यापार–व्यवसाय पनि नभएपछि व्यवसायी तनावमा पुगेका छन्।
कार्कीले भन्नुभयो, “सटरहरु खाली छन् किनभने सामान किन्न मान्छे आउँदैनन्। एउटा व्यापारीलाई सटर लिन कम्तीमा डेढ लाखभन्दा बढी खर्च हुन्छ। तर महिनामा डेढ लाखको व्यापार हुँदैन।”
उहाँले बैङ्कको ब्याजदर बढेका कारण पनि यस क्षेत्रमा समस्या भएको बताउनुभयो।
उहाँले भन्नुभयो, “नेपालमा सात, आठ प्रतिशतको ब्याज १२, १३ प्रतशितभन्दा बढी बनाएको छ। सिंहदरबारमा फाइल बोकेर जान सक्ने, राजनीतिक पहुँच भएकालाई ऋण दिने प्रवृत्ति छ। अर्बपतिलाई ऋण दिँदा साना व्यापारी मर्कामा पर्ने गरेका छन्।”
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया