अनलाइनखबर
                                सात महिनादेखिका कार्यवाहक महालेखापरीक्षक महेश्वर काफ्ले उमेर हदका कारण अवकाशमा जानु एक दिनअघि ११ माघमा लेखा उत्तरदायी अधिकृतहरुका लागि ६ बुँदे निर्देशन जारी गरे। निर्देशनको अन्तिममा उनले नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई दिएको बोधार्थमा लेखे, ‘उपर्युक्त बमोजिम बेरुजु फर्छ्योट र सम्परीक्षणसम्बन्धी व्यवस्था मिलाउनुहुन आवश्यक निर्देशन दिनुहुन अनुरोध।’
उत्तरदायी लेखा अधिकृत र लेखापरीक्षकहरुलाई दिएको निर्देशनमा काफ्लेले लेखालाई नियमित गर्न, बेरुजुको लगत अद्यावधिक गर्न, असुलउपर भएको तथा पेश्की फर्छ्योट भएको रकमको अभिलेख, स्रेस्ता परीक्षण गर्ने व्यवस्था गर्न, वित्तीय अनुशासन कायम गर्न तथा आचरण र कार्यशैलीमा परिवर्तन गर्न भनिएको छ।
काफ्लेले अवकाश हुनुअघि निर्देशन दिनुको अर्थ बेरुजु फर्छ्योटमा भइरहेको अलमल र लेखापरीक्षणमा देखिएको बेथिति रोक्न प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण गराउनु रहेको महालेखापरीक्षक कार्यालयका एक अधिकारी बताउँछन्। ‘महालेखापरीक्षकको कार्यालयलाई निमित्तका भरमा चलाइरहने सरकारी सोचले समस्या ल्याउन सक्नेतर्फ सचेत गराउन खोजिएको जस्तो देखिन्छ’, ती अधिकारी भन्छन्, ‘लेखा उत्तरदायी अधिकृतहरुले कतिपय निर्णयहरु समयमै नलिंदा बेरुजु फर्छ्योट रोकिएको छ, यसमा घुमाउरो शैलीमा सन्देश दिएको देखिन्छ।’
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया