युवराज घिमिरे
वर्तमान संविधान र व्यवस्थाको जग हल्लिएको र त्यसको पतन निकट देखिँदा व्यवस्था पक्षधर र तिनका बाह्य अभिभावक शक्तिहरु आ-आफ्ना हिसाबले वैकल्पिक सम्भावनाको खोजी तथा चिन्तनमा लागेका छन्।
संविधान र व्यवस्था गए पनि त्यसका मौलिक भनिएका तीनवटा खुट्टा धर्म निरपेक्षता, गणतन्त्र र दाताहरुको समर्थनमा ‘जीवित’ संघीयता नै बोकेर विकल्पको खोजीमा जानुपर्छ भन्ने एउटा समूह छ भने अर्को समूह यी तीनैवटै ‘आयातीत’ एजेन्डाको घाँटी जोडिएको छ र एउटाको बिदाइमा अर्को टिक्दैन भन्ने मान्यता राख्छन्।
तर, खासगरी भारतीय हिन्दुत्व र भारतीय राष्ट्रवाद नेपालमा त्यतिकै सान्दर्भिक छ जति भारतमा भन्ने मान्यता राख्ने एउटा जमात अहिले ‘हिन्दु गणतन्त्र’ को अभियानमा जुटेको छ। अर्थात नेपालको भावी संविधानमा धर्म निरपेक्षताको साटो ‘हिन्दु’ शब्द उल्लेख भएमा गणतन्त्र र संघीयता उसलाई स्वीकार्य छ।
अर्को, ‘हिन्दु गणतन्त्र’ भएमा नेपालको ‘सांस्कृतिक राष्ट्रवाद’ को राजधानी पनि नागपुर नै हुन्छ भन्ने मान्यता यो समूह राख्दछ। राजनीति र मुलुकको सांस्कृतिक पहिचान आफ्नो नियन्त्रणमा आएमा नेपालमा आफ्नो वर्चस्व सदाका लागि स्थापित हुने उनीहरुको विश्वास छ। राजसंस्था देशभक्त संस्था हुने भएकाले हिन्दू गणतन्त्रको कार्ड उसले अघि सारेको हो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया