नयाँ पत्रिका दैनिक
नेपालको अध्यागमनमा ‘एड्भान्स प्यासेन्जर इन्फर्मेसन सिस्टम (एपिस) प्रणाली जडान गर्ने गृहकार्य अघि बढेको छ । अध्यागमन विभागले यसका लागि समिति गठन गरेर तयारी थालेको हो ।
विभागका निर्देशक अनुप न्यौपानेको नेतृत्वमा समिति गठन गरिएको अध्यागमनका महानिर्देशक गोविन्दप्रसाद रिजालले बताए । एपिस लागू भएपछि विदेशबाट आउन लागेका यात्रुहरूको विवरण पहिले नै नेपालले प्राप्त गर्नेछ भने बाहिरिने यात्रुहरू कुन देश पुगे भनेर पनि ट्रयाकिङ गर्न सकिन्छ ।
गोविन्दप्रसाद रिजाल निर्देशक, अध्यागमन विभाग
यो प्रणालीले शंकास्पद व्यक्तिहरूको निगरानी र नियन्त्रण सहज हुन्छ । हाम्रो देशबाट बाहिरिने यात्रुहरू पनि कुन देश गए भनेर ट्रयाकिङ गर्न सकिन्छ । सुरक्षाका लागि यो एकदमै आवश्यक ठानेर हामीले लागू गर्न लागेका हौँ । यसका लागि बजेट विनियोजन भएको अवस्था छ ।
‘यो प्रणालीले शंकास्पद व्यक्तिहरूको निगरानी र नियन्त्रण सहज हुन्छ,’ महानिर्देशक रिजालले भने, ‘हाम्रो देशबाट बाहिरिने यात्रुहरू पनि कुन देश गए भनेर ट्रयाकिङ गर्न सकिन्छ ।’
एपिस लागू गर्न सुरुमा सफ्टवेयर खरिद गर्ने र यस्तो प्रणालीमा आबद्धता हुनुपर्छ । यसका लागि अन्तर्राष्ट्रिय डाटा प्रणालीमा आबद्ध हुनुपर्छ । अमेरिकाको कस्टम्स एन्ड बोर्डर प्रोटेक्सन (सिबिपी)लगायतले यस्तो प्रणाली बनाएका छन् ।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया