बिएल संवाददाता
ढड्डीघारी छिचोलेपछि आउने नन्दभाउजूताल । त्यसैको दाहिना किनारै किनारको सालघारि कटेपछि पुगिने चुरेपहाडको फेदी । त्यस ठाउँमा उठेको सानो ढिस्को वरिपरि काठको घेरबार । अनि बिचमा काठैकाठैको फल्याकले बनेको सानो घर । दायाँ गेटको तगारो छेवैमा श्री खड्गदल गण सुरक्षा पोस्ट । साइली माइली लेखेको साइन बोर्ड । एउटा सानो सैनिक ब्यारेक छेउमा पुग्दा घडीमा बिहानको ११ः४५ बजेको थियो ।
मेघौलीदेखि गोलाघाटसम्म राप्ती नदीमा बोटिङ । त्यसपछि जङ्गल वाकिङका लागि अनुमति लिएर नेचर गाइडका केही साथीसमेत दिनभरीका निम्ति जङ्गल घुम्न निस्केका हामी त्यहाँ पुग्दा अलिक सुरक्षित महसुस गर्दै थियौँ । फुर्सद भयो कि फोन खेलाउने आदत भएका हामी मोबाइल झिकी कल गर्न खोज्दा थाहा पायौँ । कुनै पनि नेटवर्क नटिप्ने ठाउँ रहेछ । पानी खाई केही समय थकाइ मार्ने बाहनाले अडिएका भए पनि ड्युटीमा रहेका सैनिकसँग गफिने मेरो मनसाय थियो । डडेलधुरा स्याउले घर बताउने हवल्दार सापबाट चितवन राष्ट्रिय निकुञ्ज सुरक्षाका दौरान नरभक्षी बाघ, भालु, गैँडा हात्ती लगायतका जनावरसँग जम्काभेट हुँदाका क्षणहरूमा बाल बाल बचेको बयान सुन्दा जङ्गल घुम्न कस्सिएर निस्केका हाम्रै केही साथी त्रसित बनेको पनि देखियो ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया