नयाँ पत्रिका दैनिक
- रवि लामिछानेलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरणको पनि मुद्दा, तर ठगीमा प्रत्यक्ष संलग्नता देखिएका धनराजसँग सामान्य सोधपुछ मात्रै
- राजनीतिक पहुँच र शक्तिका आडमा मितेरीमा भने संगठित अपराधलाई अलग्याएर ठगी अभियोगमा मात्रै अनुसन्धान
कांग्रेस उपसभापति धनराज गुरुङको प्रत्यक्ष संलग्नता देखिएको ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिट को–अपरेटिभबाट अपचलन भएको रकम ‘क्रिप्टो’ कारोबारमा समेत लगानी भएको भेटिएको छ । सिआइबीले करिब दुई महिनादेखि गरेको अनुसन्धानमा मितेरीका बचतकर्ताको रकम क्रिप्टोमा लगानी भएको प्रमाण भेटिएको हो ।
तर, सहकारीको रकम अपचलनमा मुछिएका कांग्रेस उपसभापति गुरुङविरुद्ध भने प्रहरीले पक्राउ पुर्जीसम्म जारी गरेको छैन । सामान्य बयान मात्रै लिएको छ । उनले ‘कागजी डिभोर्स’ गरेकी ज्योति गुरुङसहित पाँच आरोपी भने फरार छन् । क्रिप्टो यस्तो ‘भर्चुअल’ मुद्रा हो, जसको खरिद–बिक्रीमा भौतिक पैसा लगानी गरिएको हुन्छ । युरोप, अमेरिकालगायत देशमा वैध रहेको क्रिप्टो कारोबारलाई नेपालको कानुनले भने वर्जित गरेको छ ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया