शिलापत्र
५ भदौ २०४५ आइतबारका दिन बिहान ४:५५ बजे पूर्वी नेपालको उदयपुर केन्द्रविन्दु भएर ६.६ रेक्टरस्केलको भूकम्प गएको थियो । उक्त भूकम्पका कारण ७ सय १७ जनाको मृत्यु भयो भने ६ हजार ४ सय ४५ जना घाइते भए । भूकम्पले गर्दा २२ हजार ६ सय ६५ घरमा पूर्ण रूपमा क्षति पुग्यो भने ४२ हजार ४ सय ८० घर बस्न नमिल्ने गरी चर्किएका थिए । यस भूकम्पले सबैभन्दा बढी असर धनकुटा र धरानलाई गरेको थियो ।
धरान तहसनहस नै भएको थियो । भूकम्पमा परी सुनसरी जिल्लामा मात्र १ सय ३८ जनाको मृत्यु भएको थियो । ३ सय २७ जना गम्भीर घाइते तथा १ हजार ७ सय ९० जना सामान्य घाइते भएका थिए । धरानमा धेरै घर चर्किने तथा भत्किने नभए पनि धनकुटामा भने ३ हजार ३ सय ८७ घरमा पूर्ण रूपमा क्षति पुगेको थियो । भूकम्पको क्षतिले भन्दा जनमानसमा बसेको त्रासले धरानको लाहुरे समुदाय पलायन हुन थालेको थियो । इटहरी बजार चम्किनुको एउटा मुख्य कारण नै २०४५ सालको भूकम्प मानिन्छ ।
सो भूकम्पले गर्दा काठमाडौंदेखि पूर्वका २७ जिल्लामा त्यसबेला तीन महिनाका लागि संकटग्रस्त क्षेत्र नै घोषित गरिएको थियो । तर, मृत्यु तथा घरको क्षति भने २२ जिल्लामा मात्र भएको थियो । यस भूकम्पपछि तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहको अध्यक्षतामा १३ जनाको केन्द्रीय उद्धार समिति गठन गरिएको थियो । यस समितिमा सात जना मन्त्रीहरू पनि थिए ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया