हिमाल खबर
सरकारले २४ वर्षअघि कमैया मुक्ति घोषणा गरे पनि प्रदेसनी चौधरीले मुक्तिको खास अनुभव बल्ल गरेकी छन्। विजयसाल सामुदायिक होमस्टेकी अध्यक्ष चौधरी भन्छिन्, “यति खुशी यसअघि कहिल्यै थिइनँ।”
आँगनमा इँटा, बालुवा र रड चाङ लागेका छन्। पर्खाल आधाउधी उठिसकेको छ। छानो ढलान हुन अब धेरै दिन कुर्न नपर्ला। भित्रपट्टि पुरानो घरमा बसेर नयाँ घरमा सर्ने दिन पर्खंदै छिन्, प्रदेसनी चौधरी।
यही ठाउँमा पहिले अझ पुरानो घर थियो, कच्ची गारो लगाएर सेउला-सेउलीले छोपिएको। जस्तो उनको जिन्दगी थियो, अढाई दशकअघिसम्म। नयाँ घर चाहिं इँटाले बनेको पक्की छ। जस्तो उनको जिन्दगी छ, अहिले। यी दुई घर सूचक हुन्, उनले पार गरेको यात्राको- गरीबी र थिचोमिचोदेखि मुक्ति र उन्नतिसम्मको।
यो परिवर्तनको जग हालिएको थियो, २४ वर्षअगाडि। देशमा सशस्त्र द्वन्द्व चलिरहँदा कञ्चनपुरको कृष्णपुर नगरपालिका-७, शान्तिपुरका बासिन्दा उनीहरू पनि मुक्ति खोजिरहेका थिए, जमीनदारको दासताबाट। तत्कालीन माओवादीले वर्गीय मुक्तिको नारा लगाइरहँदा ‘बेस’ नामक संस्था गाउँ गाउँ पुगेर कमैया मुक्तिको नारा लगाउँदै थियो। साहुको बारीमा सित्तैमा हड्डी घोट्नुलाई नै आजीवन कर्म-धर्म ठान्दै आएका कतिपय कमैया आफ्नो नियति विरुद्ध जागरूक हुँदै थिए। बैठक, आन्दोलनमा उनीहरूको उपस्थिति बढ्दै थियो। प्रदेसनीको घरबाट उनका ससुरा जान्थे।
२०५७ साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा गर्यो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया