नयाँ पत्रिका दैनिक
घटना १ : घरेलु हिंसा गरेको भन्दै सप्तरी राजविराज नगरपालिका– ५ का डा. उज्ज्वल देवसहित परिवारका चार सदस्यलाई जिल्ला अदालतले जरिवाना तोक्यो । करिश्मा चौधरीले दायर गरेको मुद्दामा न्यायाधीश हरिशचन्द्र इङ्नामको इजलासले १२ वैशाख ०८० मा चारैजनालाई तीन–तीन हजार गरी १२ हजार रुपैयाँ जरिवाना गरेको थियो । उज्ज्वलसँग प्रेमविवाह गरी घर बस्न जाँदा आफूलाई नराम्रो व्यवहार गरेको, दाइजो लिएर आउन कर गरेको, प्रतिवाद गर्दा घर निकालालगायतका हिंसा गरेको भन्दै करिश्माले मुद्दा दायर गरेकी थिइन् । मुद्दा दायर भएको तीन महिनामै कसुर कायम हुने फैसला भएको थियो ।
घटना २ : दाइजो नल्याएको निहुँमा महोत्तरी औराहकी नेहा चौधरी चिकित्सक श्रीमान् महोत्तरी रामगोपालपुरका डा. पंकज चौधरीबाट हिंसाको सिकार भइन् । सुन्दर भविष्यको सपनासहित आठ महिनाअघि मात्रै विवाह गरेका थिए उनीहरूले । तर, दाइजोले सम्बन्धमा दरार ल्याइदियो । विवाद उत्कर्षमा पुग्यो । डा. पंकज नेहामाथि कुटपिटमै उत्रिए । घरैबाट निकालिदिए । नेहाले महोत्तरी प्रहरीमा जाहेरी दिइन् । प्रहरीले पंकजलाई पक्राउ गर्यो । उनी अदालतबाट धरौटीमा छुटेका छन् । नेहा न्यायको पखाइमा छिन् ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया