नयाँ पत्रिका दैनिक
घटना १ : घरेलु हिंसा गरेको भन्दै सप्तरी राजविराज नगरपालिका– ५ का डा. उज्ज्वल देवसहित परिवारका चार सदस्यलाई जिल्ला अदालतले जरिवाना तोक्यो । करिश्मा चौधरीले दायर गरेको मुद्दामा न्यायाधीश हरिशचन्द्र इङ्नामको इजलासले १२ वैशाख ०८० मा चारैजनालाई तीन–तीन हजार गरी १२ हजार रुपैयाँ जरिवाना गरेको थियो । उज्ज्वलसँग प्रेमविवाह गरी घर बस्न जाँदा आफूलाई नराम्रो व्यवहार गरेको, दाइजो लिएर आउन कर गरेको, प्रतिवाद गर्दा घर निकालालगायतका हिंसा गरेको भन्दै करिश्माले मुद्दा दायर गरेकी थिइन् । मुद्दा दायर भएको तीन महिनामै कसुर कायम हुने फैसला भएको थियो ।
घटना २ : दाइजो नल्याएको निहुँमा महोत्तरी औराहकी नेहा चौधरी चिकित्सक श्रीमान् महोत्तरी रामगोपालपुरका डा. पंकज चौधरीबाट हिंसाको सिकार भइन् । सुन्दर भविष्यको सपनासहित आठ महिनाअघि मात्रै विवाह गरेका थिए उनीहरूले । तर, दाइजोले सम्बन्धमा दरार ल्याइदियो । विवाद उत्कर्षमा पुग्यो । डा. पंकज नेहामाथि कुटपिटमै उत्रिए । घरैबाट निकालिदिए । नेहाले महोत्तरी प्रहरीमा जाहेरी दिइन् । प्रहरीले पंकजलाई पक्राउ गर्यो । उनी अदालतबाट धरौटीमा छुटेका छन् । नेहा न्यायको पखाइमा छिन् ।
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया