सेतोपाटी
चर्चित गायिका दीपानारायण झा गत पुस २८ गते पोखरा आएकी थिइन्। पोखराका गायिकाहरूले खोलेको संस्था 'हार्मोनी' ले उनको सम्मानमा 'टेस्ट अफ हार्मोनी, धुनहरूमा दीपानारायण झा' सांगीतिक कार्यक्रम आयोजना गरेको थियो।
कार्यक्रममा दीपाले आफ्ना तीनवटा गीत गाइन्। पोखरेलीहरू उनको गीत लाइभ सुन्न पाएर मख्ख परे। उनका गीत अरू गायिकाले पनि गाएर उनलाई सम्मान गरेका थिए।
त्यही मेसोमा पोखरामा सेतोपाटीसँग दीपाले आफ्नो सांगीतिक यात्राको पोयो फुकाइन्।
नेपालसँग उनको दुइटा साइनो छ।
एउटा गीत-संगीतको।
अर्को पारिवारिक।
भारतको कालिङपोङमा जन्मिएर त्यहीँ हुर्किएकी दीपा नेपालीभाषी हुन्। उनको माइतीको थर गहतराज हो। नेपाली गीत-संगीत सुन्दै, गाउँदै उनी ठूली भइन्। उनका जिजुहजुरबुवा नेपालको इलामबाट उता दार्जिलिङ गएका थिए रे। नेपालसँग पुस्तैनी सम्बन्ध भएकी दीपाले श्रीमान पनि नेपालकै रोजिन्।
नेपाली गीत-संगीतकै कारण आफ्नो र पति उदितनारायण झाको मिलनमा भएको उनी बताउँछिन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया