बिएल संवाददाता
नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भइ हालसम्मकै उच्च मूल्य कायम भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ३३ हजारमा कारोबार भएको छापावाला सुन आज रु एक हजारले बढेर रु एक लाख ३४ हजार बराबरको मूल्य निर्धारण भएको छ।
तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख ३२ हजार तीन सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३३ तीन सय ५० बराबरको मूल्य निर्धारण भएको छ।
चाँदीको मूल्य पनि तोलामा रु ४० ले वृद्धि भएको छ। बुधबार प्रतितोला रु एक हजार छ सय १० मा कारोबार भएकामा आजका लागि भने रु एक हजार छ सय ५० बराबरको मूल्य निर्धारण भएको छ।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया