बिएल संवाददाता
सुनको भाउले लगातार तेस्रो दिन नयाँ रेकर्ड कायम गरेको छ। बिहीबार एकैदिन सुन तोलामा १ हजार ५ सय रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसाय माहासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार पुगेको छ।
यसैगरी तेजावी सुनको मूल्य तोलाको १ लाख २४ हजार ४०० रुपैयाँ निर्धारण भएको छ। अघिल्लो दिन तोलाको १ लाख २३ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। तेजावी सुनको भाउ तोलाको १ लाख २२ हजार ९०० रुपैयाँ निर्धारण भएको थियो।
विगत १ महिनामा ८ हजार रुपैयाँ बढीले सुनको भाउ बढेको छ।
चाँदीको मूल्य पनि बढेको छ। चाँदी बिहीबार प्रतितोला १ हजार ४७० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन तोलाको १ हजार ४४० रुपैयाँ थियो।
चाँदीको मूल्यले भने यसअघिका रेकर्ड तोड्न सकेको छैन। यसअघि पुस १२ गते चाँदीको मूल्य १ हजार ४ सय ९० रुपैयाँ पुगेको थियो।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया