बिएल संवाददाता
युक्रेनसँगको युद्ध सुरु भए यता रुसले गरेको अहिलेसम्मकै सबैभन्दा ठुलो मिसाइल आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ।
रुसले शुक्रबार बिहानैदेखि कीएभ, ओदेसा, निप्रोपेट्रोभस्क, खार्किभ र ल्भिभमा आक्रमण गर्दा १६० भन्दा बढी व्यक्ति घाइते भएका छन्।
रसियाले आफ्नो भण्डारमा भएका लगभग सबै प्रकारका हतियारहरू प्रयोग गरेर घरहरू र प्रसूति अस्पताललाई लक्ष्य बनाएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन्।
युक्रेनको वायुसेनाले एकैपटक यति धेरै मिसाइल प्रक्षेपण गरेको कहिल्यै नदेखेको बताएको छ।
हालका महिनाहरूमा कीएभको हवाई प्रतिरक्षामा ठुलो सुधार भएको छ, तर शुक्रबार तिनीहरूले पनि काम गर्न सकेनन्।
वायुसेनाका प्रवक्ताले भने, ‘रुसले हाइपरसोनिक, क्रुज र ब्यालिस्टिक मिसाइलहरू प्रयोग गरेको छ, जसमा एक्स -२२ प्रकार पनि छ, जसलाई रोक्न गाह्रो छ। हामीले एकै पटक यति धेरै मिसाइलहरू प्रहार गरेको देखेका थिएनौँ,’ उनले थपे। वायुसेनाले १५८ मध्ये ११४ क्षेप्यास्त्र र ड्रोनहरू खसालेको बताएको छ।
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया