बिएल संवाददाता
पाकिस्तानमा अवैध अफगान आप्रवासीहरूलाई स्वदेश फिर्ता गर्ने अभियान चलिरहेको छ।
डिसेम्बरमा २ तारिखसम्म कुल २ लाख ५३ हजार ६८ जना अफगान नागरिक पाकिस्तानको खैबर पख्तुनख्वा (केपी) प्रान्तका तीनवटा सीमा नाकाहरू हुँदै फर्किएका एआरवाई न्यूजले उल्लेख गरेको छ।
पाकिस्तानमा आधारित मिडिया आउटलेटले केपी गृह विभागलाई उद्धृत गर्दै २ लाख ४८ हजार ८९० अफगान आप्रवासीहरु तोर्खाम नाका, ३ हजार ४७९ अंगोर अड्डा वजिरिस्तान हुँदै र ६९८ जनालाई खार्लाची कुर्रम जिल्ला हुँदै स्वदेश फर्काइएको थियो।
यसबाहेक, इस्लामावादबाट ११४, पञ्जाबबाट ८७३ र आजाद कश्मीरबाट २४ जना गरी कुल ५०६४ जनालाई खैबर पख्तुनख्वाबाट निर्वासित गरिएको थियो।
यसअघि कार्यवाहक प्रान्तीय सूचनामन्त्री जान अचकजाईले सरकारको दृढ संकल्प दोहोर्याउदै गैरकानुनी आप्रवासीलाई जुनसुकै हालतमा स्वदेश फर्काइने बताएका छन्।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले दैनिक १० हजार आप्रवासीलाई देश निकाला गर्ने लक्ष्य राखेको बताए। अहिलेसम्म १ लाख ३५ हजार अवैध आप्रवासीहरू अफगानिस्तान फर्केका छन् र यो प्रक्रिया अझै जारी रहेको एआरवाई न्यूजले उल्लेख गरेको छ।
उनले एक वर्षको अवधिमा विभिन्न बम आक्रमण र तोडफोडका १६ वटा घटनामा अफगान नागरिक संलग्न रहेको पनि बताए।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया