बिएल संवाददाता
पाकिस्तानमा अवैध अफगान आप्रवासीहरूलाई स्वदेश फिर्ता गर्ने अभियान चलिरहेको छ।
डिसेम्बरमा २ तारिखसम्म कुल २ लाख ५३ हजार ६८ जना अफगान नागरिक पाकिस्तानको खैबर पख्तुनख्वा (केपी) प्रान्तका तीनवटा सीमा नाकाहरू हुँदै फर्किएका एआरवाई न्यूजले उल्लेख गरेको छ।
पाकिस्तानमा आधारित मिडिया आउटलेटले केपी गृह विभागलाई उद्धृत गर्दै २ लाख ४८ हजार ८९० अफगान आप्रवासीहरु तोर्खाम नाका, ३ हजार ४७९ अंगोर अड्डा वजिरिस्तान हुँदै र ६९८ जनालाई खार्लाची कुर्रम जिल्ला हुँदै स्वदेश फर्काइएको थियो।
यसबाहेक, इस्लामावादबाट ११४, पञ्जाबबाट ८७३ र आजाद कश्मीरबाट २४ जना गरी कुल ५०६४ जनालाई खैबर पख्तुनख्वाबाट निर्वासित गरिएको थियो।
यसअघि कार्यवाहक प्रान्तीय सूचनामन्त्री जान अचकजाईले सरकारको दृढ संकल्प दोहोर्याउदै गैरकानुनी आप्रवासीलाई जुनसुकै हालतमा स्वदेश फर्काइने बताएका छन्।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले दैनिक १० हजार आप्रवासीलाई देश निकाला गर्ने लक्ष्य राखेको बताए। अहिलेसम्म १ लाख ३५ हजार अवैध आप्रवासीहरू अफगानिस्तान फर्केका छन् र यो प्रक्रिया अझै जारी रहेको एआरवाई न्यूजले उल्लेख गरेको छ।
उनले एक वर्षको अवधिमा विभिन्न बम आक्रमण र तोडफोडका १६ वटा घटनामा अफगान नागरिक संलग्न रहेको पनि बताए।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया