बिएल संवाददाता
उत्तरी लेबनानी शहर मिजियारामा भारी वर्षाका कारण घरको छत भत्किँदा शुक्रबार राति चार सिरियाली शरणार्थी बालबालिकाको मृत्यु भएको राष्ट्रिय समाचार एजेन्सीले शनिबार जनाएको छ।
सिरियाली शरणार्थी परिवार बसेको घरको भग्नावशेषबाट सिरियाली सुरक्षाकर्मीले दुई बालबालिकाको शव फेला पारेका छन् भने अन्य दुई शवको उत्खनन भइरहेको बताइएको छ।
लेबनानमा हाल करिब २० लाख सिरियाली शरणार्थीहरू छन्। लेबनानमा जारी आर्थिक संकटका बीच डरलाग्दो परिस्थितिमा बाँचिरहेको भए तापनि, सिरियाली शरणार्थीहरू कानुनी कारबाहीबाट बच्न स्वदेश फर्कन अस्वीकार गरिरहेका छन्।
लेबनानले अभूतपूर्व आर्थिक संकटको सामना गरिरहेको छ। यहाँको ८० प्रतिशत भन्दा बढी जनसङ्ख्या गरिबीको रेखामुनि छ।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया