बिएल संवाददाता
मङ्गलबार उत्तरपश्चिमी चीनको दुर्गम गाउँहरूमा उद्धारकर्मीहरूले चिसो अवस्थामा भत्किएका घरका भग्नावेशषबाट मङ्गलबार भूकम्पमा परी मृत्यु भएका एक सय २७ जनाको शव निकालेका छन्।
मङ्गलबार दिउँसोसम्म गान्सु प्रान्तमा मध्यरातभन्दा ठिकअघि गएको भूकम्पबाट कम्तीमा एक सय १३ जनाको मृत्यु र पाँच सय ३० जना घाइते भएको सरकारी सञ्चारमाध्यमले बताएका छन्। सरकारी समाचारपत्र पिपुल्स डेलीका अनुसार छिमेकी किङ्घाई प्रान्तको ह्याडोङमा थप १४ जनाको मृत्यु र एक सय ९८ जना घाइते भएका छन्।
सरकारी प्रसारक सिसिटिभीका अनुसार भूकम्पबाट एक लाख ५५ हजारभन्दा घेरै भवन क्षतिग्रस्त भएका छन् र बासिन्दाहरू सुरक्षाका लागि चिसो सडकमा भागेका थिए।
भूकम्पको केन्द्र नजिकै एक गाउँमा इँटाले बनेको एउटा घरको बाहिर र भित्री पर्खाल तथा अर्को भवनको छत पूरै ढलेको देखेको एएफपीका संवाददाताहरूले बताएका छन्।
‘म ७० वर्षको भएँ र मैले मेरो जीवनमा यति शक्तिशाली भूकम्पको अनुभव कहिले गरेको छैन’, उक्त घरका बासिन्दा मा वेनचाङले भने, ‘म अब यो घरमा बस्न सक्तिन किनकी यो धेरै खतरनाक छ, मेरा आफन्तहरूलाई अन्यत्र कतै सारिएको छ।’
अर्को स्थानमा एउटा मस्जिदको छानो भत्किएको छ र अर्को भवन भग्नावशेषमा परिणत भएको छ। सडकहरू आपत्कालीन सवारीले भरिएका थिए र एएफपीको टोलीले ‘भूकम्प राहत आपूर्ति’ लेखिएको रातो ब्यानरले ढाएिको ट्रकहरूलाई देखेका थिए।
साँझ भएपछि स्वयंसेवकहरूले उद्धारकर्मीहरूका लागि आधार बनाउन सहरको चोकमा टेन्ट लगाउन प्रयास गरेका छन्। छेउमा दुई दर्जन सैन्य ट्रक राखिएका थिए। ‘हाम्रा लागि अत्यावश्यक चिजहरू चाँडो तयार गर्नुछ किनकी आज राति तापक्रम माइनस १७ डिग्री सेल्सियससम्म पुग्नेछ।’
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया