बिएल संवाददाता
भारतको प्रयागराजमा जारी विश्वका हिन्दुहरूको सबैभन्दा धार्मिक तीर्थमेला तथा स्नान महाकुम्भमा भागदौड मच्चिएको छ। बुधबार भागदौड मच्चिदा दर्जनौं तिर्थालुको ज्यान गएको आशंका गरिएको छ।
बीबीसीका अनुसार कुम्भ मेलाका आगन्तुक रोक्ने साइडबार भत्किएपछि भागदौड भएको अनुमान गरिएको छ। भारत सरकारले घटनाबारे विस्तृत जानकारी सार्वजनिक गरेको छैन।
मृतकको संख्या पनि यकिन छैन। उत्तर प्रदेश प्रहरीले ७ जनाको मृत्यु भएको पुष्टि गरेको छ। तर, बीबीसीले नदी किनारमा तिर्थालुका कयौं जुत्ता चप्पल तथा कपडाहरू यत्रतत्र बेवारिसे हालतमा छरिएकोले मृतकको संख्या धेरै हुनसक्ने जनाएको छ।
स्थानीयवासीले नदी किनारमा धेरै लास देखेको उल्लेख गरेका भारतीय सञ्जारमाध्यमले जनाएका छन्।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया