बिएल संवाददाता
भारतको नयाँदिल्लीको बुराडी क्षेत्रमा चार तले भवन भत्किँदा २ जनाको मृत्यु भएको छ। भग्नावशेषमा कयौं मजदुरहरू फसेका छन्।
सोमबार साँझ करिब सात बजे ४ तले भवन भत्किएको दिल्ली प्रहरीले जनाएको छ। दुर्घटनाको खबर पाएलगत्तै ठूलो रेस्क्यु अपरेसन सञ्चालन गरिएको थियो।
हालसम्म १२ जनालाई जीवितै उद्दार गरिएको छ। १५ जना मानिसहरू भग्नावशेषमा पुरिएको अनुमान गरिएको छ।
२०० स्क्वायर यार्डमा फैलिएको भवन भर्खरै निर्माण भएको बताइएको छ। भवन निर्माणमा खटिएका मजदुरहरू सोही बिल्डिङमा बस्दै आएका थिए।
दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालले घटनाप्रति दुःख व्यक्त गरेका छन्। भवनको भग्नावशेष ज्यादै धेरै भएकोले उद्दारमा समस्या भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया