बिएल संवाददाता
दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल पक्राउ परेका छन्। भ्रष्टाचार अनुसन्धान कार्यालय र प्रहरीले संयुक्त रुपमा मार्शल ल (सैनिक कानुन) प्रकरणमा उनीमाथि अनुसन्धान गरिरहेका छन्। साेही प्रकरणमा अनुसन्धानका लागि उनी पक्राउ परेका हुन्। दक्षिण कोरियामा राष्ट्रपति नै पक्राउ परेको यो पहिलोपटक भएकाे बीबीसीले जनाएकाे छ।
गत ३ डिसेम्बरकाे मध्यरातमा राष्ट्रपति योलले मार्शल ल घोषणा गरेका थिए। विपक्षीसहित आफ्नै पार्टीका नेता विरोधमा उत्रेपछि ६ घण्टामै मार्शल ल फिर्ता लिएका थिए। यो घटनापछि १४ डिसेम्बरको दिन उनीविरुद्ध संसदबाट महाअभियोग प्रस्ताव पास भएको थियो।
त्यसयता पदबाट निलम्बित उनकाे विषय संवैधानिक अदालतमा विचाराधिन छ। पक्राउ परेपछि राष्ट्रपति योलले आफ्नो गिरफ्तारी गैरकानुनी भएको बताएका छन्। तर रक्तपात रोक्न आफूले गिरफ्तारी स्वीकार गरेको उनले दाबी गरेका छन्।
यसअघि पनि प्रहरीले उनलाई पक्राउ गर्ने प्रयास गरे पनि असफल भएकाे थियो। बीबीसीका अनुसार अधिक बल प्रयोग गरी दोस्रो पटकको प्रयासमा उनलाई पक्राउ गरिएको छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया