बिएल संवाददाता
इजरायलले इरानमाथि आक्रमण सुरु गरेको छ।
इजरायली सेनाले अक्टोबर १मा इरानले गरेको आक्रमणको बदलास्वरूप इरानविरुद्ध आक्रमण सुरू गरेको जानकारी दिएको छ। इजरायली सेनाले इरानको सैनिक अड्डाहरुलाई निशाना बनाउने जानकारी दिएको छ।
सेनाका प्रवक्ताले इजरायलले इरानविरुद्ध आक्रमण सुरु गरेको जानकारी दिँदै आफ्नो देशको रक्षा गर्न जुनसुकै कदम पनि चाल्ने चेतावनी दिएका छन्।
यसैबीच इजरायलले आक्रमण सुरु गरेको जानकारी दिएसँगै इरानले आफ्नो एयर स्पेस बन्द गरेको बताइएको छ। भने, इरानक कैयौं ठाउमा विस्फोटको अवाज आएको मिडिया रिपोर्टमा उल्लेख छ।
त्यस्तै अमेरिकाले भने इजरायलको इरानमाथिको आक्रमणबारे टिप्पणी गर्दै आफूहरु यस आक्रमणमा सहभागी नभएको स्पष्ट गरेको छ।
अक्टोबर १ मा इरानले हज्बुल्लाहका नेता हसन नासरल्लाहको हत्या गरेको आरोपमा इजरायलमाथि २०० सयभन्दा बढी मिसाइल आक्रमण गरेको थियो। सो मिसाइल आक्रमणलाई इजरायलले लगभग असफल बनाएको थियो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया