बिएल संवाददाता
भारतले क्यानडासँगको सम्बन्धमा तनावका बीच आफ्ना राजदूत सञ्जय कुमार बर्मालाई फिर्ता बोलाएको छ।
ट्रुडो सरकारले आफ्ना राजदूतमाथि छानबिन गर्ने पत्र पठाएपछि भारतले राजदूत बर्मालाई फिर्ता बोलाएको हो। भारतले क्यानडाले निशाना बनाएका राजदूत बर्मासहित अन्य उच्च कूटनीतिज्ञहरुलाई पनि फिर्ता बोलाएको छ।
क्यानडाले राजदूत बर्मामाथिको मुद्दाबारे जानकारी नआए पनि निज्जरको हत्यासँग जोडिएको बताइएको छ। यसबारे भारतले साेमबार क्यानडाका राजदूतलाई फिता बोलाएको छ।
विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा क्यानडा सरकारमाथि विश्वास नगर्ने बताउँदै राजदूतमाथि क्यानडाको आरोपलाई राजनीतिबाट प्रेरित भएको बताएको छ।
विदेश मन्त्रालयले भारत सरकारले यी आरोपहरूलाई पूर्णरूपमा अस्वीकार गर्दै यी आरोपहरु ट्रुडो सरकारको राजनीतिक एजेन्डा भएको र भोट बैंकबाट प्रेरित रहेको बताएको छ।
विदेश मन्त्रालयले क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सेप्टेम्बर २०२३ मा केही आरोप लगाएका थिए तर क्यानडा सरकारले पटकपटक सोध्दा पनि भारत सरकारसँग एउटा प्रमाण पनि नदिएको र नयाँ आरोप पनि यस्तै ढंगले लगाइएको बताइएकाे छ।
जुन १८, २०२३ को साँझ क्यानडाको सरे सहरको गुरुद्वाराबाट निस्कने क्रममा हरदिप सिंह निज्जरको गोली हानी हत्या गरिएको थियो। गत वर्ष सेप्टेम्बर १८ मा क्यानडाका प्रधानमन्त्री ट्रुडोले निज्जरको हत्यामा भारत सरकारको संलग्नता रहेको आरोप लगाएका थिए जसलाई भारतले अस्वीकार गरेको थियो।
त्यसपछि निज्जर हत्याका तीन अभियुक्त पक्राउ परेका थिए। आरोपित तीनै जना भारतीय नागरिक हुन्।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया