बिएल संवाददाता
यस वर्षको सबैभन्दा शक्तिशाली आँधी ‘शानसान’ जापानमा पुगेको छ।
सानसान बिहीबार बिहान ८ बजे दक्षिणपश्चिमी टापु क्युसु पुगेको थियो। मिडिया रिपोर्टका अनुसार आँधी २५२ किलोमिटर प्रतिघण्टाको गतिमा चल्नुको साथ-साथै मुसलधारे वर्षा भइरहेको छ।
आँधीले धेरै क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। जापानको टाइफुन नम्बर १० भनेर चिनिने शान्सानले २५०,००० भन्दा बढी घरको बिजुली काटेको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ।
जापानको क्योडो न्युजका अनुसार बिहीबार गामागोरीमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। यसबाहेक २ जना घाइते भएका छन्। यस आँधीबाट देशभर १० लाख मानिस प्रभावित भएका छन्। सोही क्रममा ४० जनाभन्दा बढी घाइते भएका छन्।
कागोसिमा प्रिफेक्चरमा विगत ४८ घण्टामा १ हजार १ सय मिलिमिटर वर्षा भएको मौसमविद्ले अनुमान गरेको छ, जुन यो वर्षको औसत वर्षाको झण्डै आधा हो। भारी वर्षाका कारण सत्सुमासेन्दाई सहर नजिकै पहिरो गएको छ।
जापान सरकारले कागोशिमाका केही क्षेत्रमा स्तर ५ को आपतकालीन चेतावनी जारी गरेको छ। यो देशमा विपद्को समयमा दिइएको सबैभन्दा ठूलो चेतावनी हो। यसमा मानिसहरूलाई आफ्नो घरमा बस्न र तल्लो क्षेत्रमा बस्ने मानिसहरूलाई सुरक्षित स्थानमा जान भनिएको छ। ट्रेनहरू रद्द गरिएका छन्। बस तथा अन्य सवारी साधन चलाउन रोक लगाइएको छ।
लेभल ५ को चेतावनी जापानमा यसअघि तीन पटक मात्र जारी गरिएको थियो। जुलाई २०१४ मा ओकिनावा प्रिफेक्चरमा शक्तिशाली टाइफुन आएपछि पहिलो पटक यस्तो चेतावनी जारी गरिएको थियो। त्यसपछि अक्टोबर २०१६ मा पनि ओकिनावामा यस्तै चेतावनी जारी गरिएको थियो। यसपछि सेप्टेम्बर २०२२ मा क्युशु आइल्याण्डमा यो चेतावनी जारी गरिएको थियो।
जापान एयरलाइन्सले बुधबार र बिहीबारका १७२ आन्तरिक उडान र ६ अन्तर्राष्ट्रिय उडान रद्द गरेको घोषणा गरेको छ। दोस्रो एयरलाइन्स एएनएले २१९ आन्तरिक उडान र चार अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ। उडान रद्द हुँदा २५ हजारभन्दा बढी मानिस प्रभावित भएका छन्।
कुमामोटो र कागोशिमा बीच चल्ने बुलेट ट्रेन पनि रद्द गरिएको छ। कार निर्माता कम्पनी टोयोटाले जापानका आफ्ना १४ वटा कारखानामा आँधी कम नभएसम्म उत्पादन बन्द गरेको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया