बिएल संवाददाता
बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा भड्किएको हिंसालाई नियन्त्रण गर्न सरकारले राष्ट्रव्यापी कर्फ्यू घोषणा गरेको छ। बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा भएको हिंसामा अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको छ।
बंगलादेशमा सन् १९७१को स्वतन्त्रता संग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्थी र युवाहरूको आन्दोलन चलिरहेको छ। तर, यो आन्दोलनले अहिले हिंसात्मक अडान लिएको छ।
राजधानी ढाकालगायत धेरै सहरमा विगत केही दिनदेखि जारी हिंसालाई ध्यानमा राख्दै ठूलो मात्रामा सुरक्षा बल तैनाथ गरिएको छ।
प्रहरी र आन्दोलनकारीबीच धेरै ठाउँमा झडप भएको छ। तर, शुक्रबार नरसिङदीको कारागारमा आक्रमण गरी सयौं कैदी रिहा भएपछि प्रधानमन्त्री कार्यालयले देशव्यापी कर्फ्यु घोषणा गरेको छ।
सरकारका प्रेस सेक्रेटरी नइमुल इस्लाम खानले अब शान्ति सुरक्षा कायम गर्न सेना परिचालन गरिने बताए।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया