बिएल संवाददाता
पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्याको षड्यन्त्रमा संलग्न रहेको भन्दै अमेरिकी सञ्चारमाध्यमले लगाएको दुर्भावनापूर्ण आरोपलाई इरानले बुधबार अस्वीकार गरेको छ। अमेरिकी अधिकारीहरूले पूर्व राष्ट्रपति विरुद्ध कथित इरानी षड्यन्त्रबारे केही हप्ताअघि मानव स्रोतबाट गुप्त सूचना प्राप्त गरेको सिएनएनले मङ्गलबार जनाएको थियो।
यद्यपी सिएनएनले पेन्सिलभेनियामा आयोजित ट्रम्पको चुनावी र्यालीमा शनिबार भएको गोली हानाहान जहाँ पूर्व राष्ट्रपति घाइते हुनुका साथै उनको एक समर्थक मारिएको घटनाको कथित इरानी षड्यन्त्रसँग सम्बन्ध नरहेको बताएको छ।
तेहरानले सन् २०२० मा अमेरिकी ड्रोन हमलामा रिभोलुसनरी गार्ड्सका कमान्डर कासिम सुलेमानीको हत्याको बदला लिने धम्की दिएपछि अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्ले वर्षौँदेखि इरानमाथि निगरानी राखेको बताएको छ।
इरानका लागि संयुक्त राष्ट्रको मिसनले उक्त आरोपलाई अप्रमाणित र दुर्भावनापूर्ण भएको जनाएको छ। ‘इरानले ट्रम्प विरुद्धको हालैको सशस्त्र हमलामा कुनै पनि संलग्नतालाई कडा रूपमा अस्वीकार गर्दछ। तर ट्रम्पको प्रत्यक्ष भूमिका रहेको जनरल कासिम सुलेमानीको हत्यामा मुद्धा चलाउन भने इरान कटिबद्ध छ विदेश मन्त्रालयका प्रवक्ता नासिर कानानीले बताएका छन्।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया