बिएल संवाददाता
इरानका राष्ट्रपति इब्राहिम रइसी र उनका एकजना मन्त्रीसहित अरु कैयौँ उच्च अधिकारीहरू सवार हेलिकोप्टर दुर्घटनाग्रस्त भएको स्थल पत्ता लागेको छ। आइतबार इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायतका अधिकारीहरू सवार हेलिकोप्टर अचानक हराएको थियो।
अहिलेसम्म उनको अवस्थाका बारेमा भने इरानले आधिकारिकरुपमा कुनै पनि प्रतिक्रिया दिएको छैन।
टर्कीले पठाएको एउटा ड्रोनको माध्यमले दुर्घटनग्रस्तस्थल पत्ता लगाएको हो। अमेरिका, युरोपियन युनियनलगायत कैयौँ विदेशी नियोग तथा छिमेकी देशहरूलेसमेत खोजी कार्यका लागि आफ्ना टोली र सामग्रीहरू त्यहाँ पठाएका छन्। तर, केही दिनदेखि भइरहेको वर्षाका कारण दुर्घटनाग्रस्त ठाउँसम्म पुग्नै कठीन छ। त्यो ठाउँमा अहिले पनि बाक्लो कुहिरो लागिरहेको छ र निकै चिसो छ।
अहिलेसम्म उनको अवस्थाबारे केही भनिएको छैन। तर, अमेरिकालगायत कैयौँ शक्ति राष्ट्रहरूले हेलिकोप्टर दुर्घटनाबारे अनेक शंकास्पद बयानहरू दिएका छन्।
इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनिइको आह्वानमा इरानवासीहरूले राष्ट्रपति रइसीको कुसलताको कामना गरिरहेका छन्।
उनी सवार हेलिकोप्टरसहित अरु दुईवटा हेलिकोप्टरपनि सँगसँगै उडेका थिए। त्यो ठाउँमा मौसम निकै भएका कारण ती हेलिकोप्टरहरूलाई आकष्मिक अवतरण गरिएको थियो। तर राष्ट्रपति सवार हेलिकोप्टर भने दुर्घटनाग्रस्त भयो।
इरानको निकै बिकट मानिने उक्त ठाउँमा भएको दुर्घटनाग्रस्त हेलिकोप्टर खोज्नका लागि इरानले ठूलोमात्रमा सुरक्षा फौज परिचालन गरिरहेको छ।
पूर्वी अजरबैजानको एउटा बाँध उद्घाटन गरेपछि राष्ट्रपति हेलिकोप्टरमा तबरेज सहरतर्फ उडेका थिए।
सन् २०२१ मा उनी इरानको राष्ट्रपतिमा निर्वाचित भएका थिए।
प्यालेस्टाइनी बिद्रोही समूह हमाससँगको युद्धमा होमिएको इजरायलमाथि केहीदिनअघि इरानले पनि आक्रमण सुरु गरेको थियो। त्यसपछि मध्यपूर्व झन अशान्त भएको थियो। परमाणु तथा रसायनिक हतियार उत्पादन र त्यसको प्रयोगका लागि आलोचना खेपिरहेको इरानले अमेरिकालगायत कैयौ विश्वशक्ति राष्ट्रहरूको कडा प्रतिबन्ध पनि झेल्दै आएको छ।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया