प्रदीप भट्टराई
अमेरिकाको वासिंटन डिसस्थित डिस्ट्रिक्ट कोर्टमा चलिरहेको नेपाली चिकित्सकको युएसएमएलई स्कोर रद्दसम्बन्धी मुद्दाको पहिलो सुनुवाई अमेरिकी पूर्वी समयअनुसार बुधबार विहान ११ बजे हुने भएको छ। मुद्दा हेरिरहेका न्यायाधिस क्रिस्टोफर कुपरको कोर्टरुम २७ दुबै पक्षलाई उपस्थित हुन आदेश दिएका हुन् ।
सन् २०२३ को आसपासमा युएसएमएलई परीक्षा दिएका ८३२ नेपाली चिकित्सकको स्कोर रद्द गर्ने नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरविरूद्ध फेब्रुअरी १२ मा एक नेपाली चिकित्सकले मुद्दा दायर गरेका छन् । उनले द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले नेपाल सम्बन्धी जारी गरेको सूचना नै रद्द गर्नुपर्ने माग गरेका थिए।
फेब्रुअरी १२ मै न्यायाधीश रुडोल्फ कोन्त्रेरसले प्रारम्भिक सुनुवाई गर्दै द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले जारी गरेको सूचना नै रद्द गर्नुपर्ने माग अस्वीकार गरे पनि प्रभावित डाक्टरहरुलाई जवाफ दिनका लागि दिएको अन्तिम म्याद स्थगित गर्नुपर्ने निर्णय गरेर मध्यमार्गी आदेश जारी गरेका थिए ।
उनले प्रतिवादी नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले फेब्रुअरी १८ साँझ ५ बजेसम्म आफ्ना तर्क पेश गर्न र ती तर्कको जवाफी तर्क ई-फाइलिङ गर्न वादीलाई फेब्रुअरी २० साँझ ५ बजेसम्मको समय दिएका थिए ।
डिसी कोर्टका अनुसार निर्धारित समयमा दुबै पक्षले आफ्ना तर्क/ प्रतितर्क प्रस्तुत गरेका छन् ।
अमेरिकाको वासिंटन डिसस्थित डिस्ट्रिक्ट कोर्टका न्यायाधीश क्रिस्टोफर कुपरले नेपाली चिकित्सकको युएसएमएलई स्कोर रद्दसम्बन्धी मुद्दाको पहिलो सुनुवाई अमेरिकी पूर्वी समयअनुसार बुधबार विहान ११ बजे हुने आदेश दिएका छन् । उनले दुबै पक्षलाई कोर्टरुम २७ उपस्थित हुन आदेश दिएका हुन् ।
अमेरिकामा नेपाली चिकित्सकहरूको युएसएमएलई स्कोर रद्दसम्बन्धी मुद्दाको सुनुवाई बुधबार ११ बजे
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया