बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति जो बाइडेनले मनोनीत गरेका सबै अमेरिकी न्यायाधिवक्तालाई बर्खास्त गर्न आदेश दिएका छन्।
पूर्ववर्ती सरकारले नियुक्त गरेका अभियोजकहरूलाई पदमुक्त गरेर आफू अनुकुलका अभियोजक नियुक्त गर्ने अभ्यासअनुसार उनले बाइडेन प्रशासनले नियुक्त गरेका न्यायाधिवक्ताहरू पदमुक्त गर्न लागेका हुन्।
ट्रम्पले आदेश दिँदै सामाजपिक सञ्जाल ट्रुथमा लेखेका छन्, ‘विगत चार वर्षमा न्याय विभागको राजनीतिकरण भएको छ, जुन पहिले कहिल्यै भएको थिएन। हामीले तुरुन्तै घर सफा गर्नुपर्छ र विश्वास पुनर्स्थापित गर्नुपर्छ। त्यसैले मैले ‘बाइडेन कालीन’ बाँकी सबै अमेरिकी महान्यायाधिवक्तालाई बर्खास्त गर्न निर्देशन गरेको छु। अमेरिकाको स्वर्ण युगमा निष्पक्ष न्याय प्रणाली हुनुपर्दछ र यो जुन आजबाट सुरु हुन्छ!’
अमेरिकी वकिलहरू प्रत्येक जिल्लामा शीर्ष सङ्घीय कानून प्रवर्तक हुन्। ९४ जिल्ला अदालतहरूमध्ये दुईबाहेक सबै अदालतमा एक अमेरिकी वकील रहने व्यवस्था रहेको छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया