बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति जो बाइडेनले मनोनीत गरेका सबै अमेरिकी न्यायाधिवक्तालाई बर्खास्त गर्न आदेश दिएका छन्।
पूर्ववर्ती सरकारले नियुक्त गरेका अभियोजकहरूलाई पदमुक्त गरेर आफू अनुकुलका अभियोजक नियुक्त गर्ने अभ्यासअनुसार उनले बाइडेन प्रशासनले नियुक्त गरेका न्यायाधिवक्ताहरू पदमुक्त गर्न लागेका हुन्।
ट्रम्पले आदेश दिँदै सामाजपिक सञ्जाल ट्रुथमा लेखेका छन्, ‘विगत चार वर्षमा न्याय विभागको राजनीतिकरण भएको छ, जुन पहिले कहिल्यै भएको थिएन। हामीले तुरुन्तै घर सफा गर्नुपर्छ र विश्वास पुनर्स्थापित गर्नुपर्छ। त्यसैले मैले ‘बाइडेन कालीन’ बाँकी सबै अमेरिकी महान्यायाधिवक्तालाई बर्खास्त गर्न निर्देशन गरेको छु। अमेरिकाको स्वर्ण युगमा निष्पक्ष न्याय प्रणाली हुनुपर्दछ र यो जुन आजबाट सुरु हुन्छ!’
अमेरिकी वकिलहरू प्रत्येक जिल्लामा शीर्ष सङ्घीय कानून प्रवर्तक हुन्। ९४ जिल्ला अदालतहरूमध्ये दुईबाहेक सबै अदालतमा एक अमेरिकी वकील रहने व्यवस्था रहेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया