
बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि अनुसन्धान गर्ने १२ वकिलहरूलाई पदबाट बर्खास्त गरेका छन्।
ती वकिलहरूले सन् २०२० मा ट्रम्पले चुनावी नतिजा उल्ट्याउने गैरकानुनी प्रयास गरेको आरोपमा अनुसन्धान गरेका थिए। तर, २०२४ को निर्वाचनमा ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि उनीविरुद्धको अनुसन्धान रोकिएको थियो।
सीएनएनका अनुसार कार्यवाहक महान्यायाधिवक्ता जेम्स मेक हेनरीले ती वकिलहरूलाई पदबाट हटाउने निर्णय गरेका हुन्। उनीहरूलाई राष्ट्रपति ट्रम्पका नीतिलाई राम्रोसँग कार्यान्वयन गर्न नसक्ने ठहर गर्दै पदबाट हटाइएको बताइएको छ।
ट्रम्पविरुद्ध अनुसन्धानका लागि विशेष वकिलका रुपमा नियुक्त भएका ज्याक स्मिथको टिमका सदस्यहरू बर्खास्तीमा परेका हुन्।
बर्खास्तीको निर्णय सोमबारदेखि नै कार्यान्वयनमा आएको सीएनएनले जनाएको छ।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया