बिएल संवाददाता
अमेरिकामा अध्यागमन अदालतबाट देश निकालाको आदेश पाएर पनि लुकेर बस्ने नेपालीको संख्या १,३५६ रहेको छ । यो संख्या अमेरिकी ‘इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट’ (आइस) ले जारी गरेको पछिल्लो आधिकारिक तथ्यांक हो । पहिलो चरणमा तिनै नेपालीहरू अमेरिकाको निशानामा छन् ।
राष्ट्रपति ट्रम्पले गैरकानूनी रूपमा अमेरिकामा बस्दैआएका आप्रवासीहरूलाई जसरी भए पनि देश निकाला गरेरै छोड्ने अभियान चलाएका छन् । चुनाव जितेमा यही गर्छु भनेर प्रतिवद्धता गरेका ट्रम्प आफ्नो चुनावी वाचा पूरा गर्न जे गर्न पनि तयार देखिन्छन् ।
अमेरिकाले राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालको पहिलो वर्ष ५८३ नेपालीलाई डिपोर्ट गरिसकेको छ । यी नेपालीलाई डिपोर्ट गर्न करिव एक करोड अमेरिकी डलर खर्च भैसकेको बताइन्छ । सबै कानूनी प्रक्रिया पूरा गरेर एकजना नेपालीलाई नेपालमै ल्याएर छोड्न औसतमा १८ हजार २ सय ४५ डलर डलर खर्च हुने हिसाबकिताव सार्वजनिक गरिएको छ । नेपाल सबैभन्दा धेरै खर्च हुने टाढाको देशको सूचीमा पर्छ ।
ट्रम्प प्रशासनले कागजपत्रविहीन आप्रबासीलाई स्वेच्छिक रूपमा देश फर्कन चाहेमा नि:शुल्क हवाइ टिकट र तीनहजार डलर बाटो खर्च दिने र पछि अमेरिका आउन चाहेमा प्रक्रिया पूरा गरेर आउन सक्ने छुट दिएको छ । त्यो छुट नेपालीले पनि पाउँछन् । तर पनि कोही नेपाली त्यो सुविधा प्रयोग गरेर देश फर्कन चाहदैन ।
उनीहरूको यो जिद्दीले गर्दा अमेरिकामा कानूनी रूपमा रहेका नेपालीहरू त मारमा परेकै छन् नेपालबाट अमेरिका जानेहरूको भिसा प्रक्रिया पनि ग्रे लिष्टमा चढेको त । बी १/ बी २ भिसाका लागि २१ लाखसम्म धरौटी राख्नुपर्ने भएको छ भने आवासीय भिसा त अनिश्चितकालका लागि बन्द नै गरिएको छ ।
कागजपत्रविहीनहरूको यो जिद्दीले गर्दा आफू अप्ठ्यारोमा पर्न थालेपछि अमेरिकामा रहेका नेपालीहरूमा उनीहरूप्रतिको सहानुभूति पनि क्रमश: कम हुँदैछ ।
अमेरिकाको अध्यागमन अदालतबाट देशनिकालाको आदेश पाएकामध्ये झण्डै ३ हजार नेपालीहरु अहिलेपनि अमेरिकाभित्रै रहेको तथ्यांक रहेको छ । तीमध्ये १५ सयलाई टीपीएसले संरक्षण प्रदान गरेको थियो भने झण्डै १४ सय कुनै पनि संरक्षण विना अमेरिकामा नै लुकिछिपी बसेका थिए । हालै अमेरिकी ‘इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट’ (आइस) ले सार्वजनिक गरेको तथ्यांक अनुशार १३५६ जना नेपालीहरु देशनिकालाको आदेशपछि पनि टीपीएस लगायत विना कुनै संरक्षण अमेरिकामा नै बसिरहेका छन् ।
अमेरिकाको पहिलो निशानामा १,३५६ नेपाली
दिनेशको मृत्यु : पत्रकारको कि बालेनको चुनाव क्याम्पेनरको ?
किन लुकाए मानार्थ डाक्टर के पी ओलीले शैक्षिक योग्यता ?
समथर मधेसबाट सिंहदरवारको अग्लो उडानमा गगन
अमेरिकामा नेपाली विद्यार्थी घटेर ३३,७३५ मा सिमीत
बालेनलाई ढाल बनाएर ओलीलाई रविको ‘चेकमेट’
भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया