बिएल विशेष संवाददाता
नेपालमा पत्रकारिता-कर्म गर्दागर्दै कोही मारिएको वा मरेको अभिलेख छैन । तर, हरेक वर्ष केही न केही संख्यामा पत्रकार मरेका वा मारिएका समाचार शीर्षकहरूको जुलुस लाग्छ । यस्तो जुलुस जमीन शाहदेखि टेकेन्द्र को मृत्युसम्मको मृत्युमा लगाइयो । तर, उनीहरुको मृत्यु एक पत्रकारका रूपमा हैन, अर्कै रूपमा भएको थियो ।
यतिबेला नेपाली मिडियामा एउटा त्यस्तै समाचारको जुलुस निस्केको छ- पत्रकार दिनेश सिटौलाको निधन । लगभग सबै मिडियामा यही वा यस्तै आशयको शीर्षकको जुलुस छ ।
दिनेश सिटौला 'द सिनेमा टाइम्स' अनलाइन पोर्टलका सम्पादक/अध्यक्ष रहेछन्। अनि रहेछन्, चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष ।
तर, उनको निधन यी दुबै पदीय दायित्व बोक्ने क्रममा भएको हैन रहेछ । समाचार पढ्दै जाँदा जो कोहीले पनि सजिलै निकाल्ने निष्कर्ष मृत्यु पत्रकार दिनेश सिटौलाको हैन, बालेन शाहको चुनावी क्याम्पेनका एक सदस्य दिनेश सिटौलाको हो । निधन हुँदा उनी पत्रकारिता-कर्ममा हैन, पार्टीको राजनीतिक कर्ममा भएकाले यो मृत्यु एक पत्रकारको नभएर एक पार्टी कार्यकर्ताको हो भन्न कुनै आइतबार पर्खनुपर्दैन ।
नेपाली समाजमा मृत्यु आफैंमा एक अत्यन्त संवेदनशील विषय हो । अझ, त्यसमाथि पनि असामयिक मृत्युको सम्वेदनशीलताको पारो चुलिएकै हुन्छ । अझ, दिनेश सिटौलाको मृत्यु त चुनावी तातोले तावा तातेको यस्तो समयमा भएको छ, यसले स्वभावत: अरू संवेदनशीलताको ठाउँ खोज्छ ।
दिनेशको मृत्यु रास्वपाका वरिष्ठ नेता वालेन शाहको गाडीबाट लडेका कारणले भएको भनिएको छ । देशकै सबैभन्दा ठूलो मिडियागृह कान्तिपुरको ई-कान्तिपुरमा लेखिएकै छ, ‘बालेनका सहयोगी भूपदेव शाहको घरमा चिया खाएर निस्कने क्रममा स्कारपियो गाडीबाट ओर्लन खोज्दा सिटौला ढलेर टाउकामा चोट लागेको थियो ।‘ त्यसपछि दिमाखमा रगत जम्यो र ब्रेन ह्यामरेज भयो । दुर्घटनास्थल अछाममा उपचार हुन नसकेपछि अचेत अवस्थामै काठमाडौंका ग्राण्डी अस्पतालमा ल्याइएका थिए, उपचारकै क्रममा मृत्यु भयो ।
यो घटना विवरणले उनको मृत्यु सामयिक हैन, असामयिक हो । अझ, तोकेरै भन्दा उनको मृत्यु बालेन चढेको गाडीबाट भएको हो । ई-कान्तिपुरमा लेखिएकै छ, बालेन शाह चढेको गाडीबाट ढलेर भएको हो ।
यतिबेला एउटा प्रश्न धेरैको मनमा उब्जेको नहोला भन्न सकिन्न- यदि यस्तो मृत्यु बालेनको गाडीमा नभएर गगन वा ओली वा प्रचण्डको गाडीमा भएको भए के हुन्थ्यो होला ? अनुमान गर्न पनि गाह्रो छ । तर, एउटा कुरा निश्चित हो कि यतिबेलासम्म बालेन र रास्वपाका शुभचिन्तकहरूले सामाजिक सञ्जालमा अनेक षडयन्त्रका तानाबाना बुनेर नानाभाती लेखिसकेका हुन्थे ।
दिनेशको पोष्टमर्टप भैसकेको छ । रिपोर्ट आउला नै । तर, जे रिपोर्ट आए पनि परिवन्दले सही उनको मृत्यु सामान्य हैन, असामान्य हो । सामयिक हैन, असामयिक हो ।
उनको आत्माले चीर शान्ति पावोस् । शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् ।
तर, उनको मृत्युप्रति अत्यन्त संवेदनशील हुँदाहुँदै पनि एउटा सत्य के हो भने यो मृत्यु पत्रकार दिनेश सिटौलाको हैन, बालेन शाहको चुनावी क्याम्पेनका एक सदस्यको हो । बालेन रास्वपाका वरिष्ठ नेता भएकाले उनी पनि रास्वपाकै पार्टी सदस्य थिए होला । त्यसैले यो मृत्यु एक रास्वपा पार्टी सदस्यको हो ।
यो सत्य हो र यति लेख्नु चाँहि कुनै पनि पत्रकारको धर्म पनि हो । यो एक पत्रकारको मृत्यु भनेर समाचार शीर्षकको जुलुस लगाउने बेला हैन ।
दिनेशको मृत्यु : पत्रकारको कि बालेनको चुनाव क्याम्पेनरको ?
किन लुकाए मानार्थ डाक्टर के पी ओलीले शैक्षिक योग्यता ?
समथर मधेसबाट सिंहदरवारको अग्लो उडानमा गगन
अमेरिकामा नेपाली विद्यार्थी घटेर ३३,७३५ मा सिमीत
बालेनलाई ढाल बनाएर ओलीलाई रविको ‘चेकमेट’
भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
जनताले प्रदेश सभामै अस्वीकार गरेका ललितजंगलाई पार्टीले पुर्यायो राष्ट्रिय सभा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया