बिहिबार, १४ अगस्ट २०२५

आजदेखि राष्ट्रियसभा निर्वाचनको प्रचारप्रसार निषेध

यही माघ ११ गते हुने निर्वाचनका लागि आज राति १२ बजेपछि मतदान कार्य समाप्त नहुन्जेलसम्म लागि प्रचारप्रसार निषेध गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँमा यस वर्षकै कम तापक्रम

काठमाडौँमा यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले आज काठमाडौँमा यस वर्षकै कम तापक्रम (तीन दशमलव दुई) रेकर्ड गरिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगी प्रकरणबारे रवि : ‘गाली गर्न कोही छुट्नु भो कि? छुट्नु भएको भए गरिहालौँ है!’

विभिन्न सञ्चार माध्यममा सहकारीकाे कराेडाैँ रकम ठगी गरेकाे समाचार आएपछि उनले समाचारकाे खण्डन गर्न आजै साँझ पत्रकार सम्मेलन गर्न लागेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पेट्रोल अन्वेषण मुख्य पोइन्टको ८० प्रतिशत काम सकियो

दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणका लागि सरकारले तदारुपता देखाएको छ। अहिले निर्णायक सर्वेक्षणका लागि जिल्लाको भिरखेतमा मुख्य पोइन्टको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - दैलेख

मेलम्चीको पूर्णरुपमा निर्माण कार्य नहुँदासम्म काठमाडौँबासीले धैर्य राख्नुपर्छ: मन्त्री यादव (अन्तर्वार्ता)

काठमाडौँ उपत्यकालगायतका सहरमा धेरै पुराना खानेपानीका पाइप भएकाले सडक, विद्युत्, ढल निर्माण कार्य हुँदा ठक्कर लागेर तोडफोड र क्षति हुने गरेको छ। हामीकहाँ विकास निर्माणका एकीकृत व्यवस्था छैन। अब सरकारले एकीकृत बनाएर मात्र गर्नुपर्छ। यसअघि परीक्षण थिएन, अब सुरु गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकामा त्रिदेशीय कला र संस्कृति प्रस्तुत

नेपाल, कम्बोडिया र बर्माका कलाकारले अमेरिकाको फिलाडेल्फियामा आइतबार आयोजित एक कार्यक्रममा आ–आफ्नो कला र संस्कृति प्रस्तुत गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

पाल्पाको रम्भा गाउँपालिका–१ स्थित कालीगण्डकी करिडोर सडकखण्डको भोवरमा १४प३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गएराति एक युवकको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - पाल्पा

श्रमदान गरेर बाँझो बगर करेसाबारी

मङ्गला गाउँपालिका–२ बाबियाचौरको माटेबगरमा रहेको बगरमा जनप्रतिनिधि र कर्मचारीले श्रमदान गरेर तरकारी खेती गरेर हराभरा बनाएका हुन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले व्यायामका लागि फुर्सदको समयमा जनप्रतिनिधि र कर्मचारीले करेसाबारीमा श्रमदान गर्ने गरेको बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

पर्यटकका रोजाइमा खरको छानोको घर

इच्छाकामना–२ मायाटारका टीका गुरुङको खरको छानोले छाएको पुरानोे घरलाई भने भूकम्पले क्षति पुर्‍याएनन्। उनले अहिले उक्त घर भत्काएर नयाँ बनाउने सोच बनाएका थिए। पछिल्लो समय उक्त घर पर्यटकको रोजाइमा परेपछि भने सो घर मर्मतसम्भार गर्नतर्फ लागेका छन्। फिस्लिङ–शक्तिखोर सडक विस्तारसँगै पर्यटक बढेको मायाटारमा उक्त घर नै पर्यटकको रोजाइमा परेपछि उनले मर्मतसम्भार गरेर पुरानै अवस्था राख्ने सोच बनाएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - मुग्लिन

‘मिनी ट्रक’ दुर्घटनामा दुई जनाको मृत्यु

तनहुँको देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा गए राति मिनी ट्रक दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

चिसोबाट किसानलाई पशु जोगाउन समस्या

चिसोकाे कारण पशु तथा जनावरमा ज्वरो आउने, काँप्ने र कतिपय अवस्थामा गाईवस्तुको मृत्युसमेत हुने गरेको किसानको गुनासो छ। ‘एकातिर घाम लागेको छैन, अर्कोतर्फ शीतलहरले पशुलाई जोगाउन कठिन भएको छ’, किसान पर्शु धामीले भने, ‘एक महिनादेखि भैँसीलाई गोठबाट बाहिर निकाल्न पाइएको छैन। भैँसीले चार लिटर दूध दिन्थ्यो, घटेर दुई लिटर भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

किसान सुन्तला बगैँचा व्यवस्थापनमा व्यस्त

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सुन्तला बगैँचा व्यवस्थापन अभियान सञ्चालन गरिएको छ। यस यामको सुन्तला टिपेर सकिए लगत्तै जिल्लाका सुन्तला किसान बगैँचा व्यवस्थापनमा जुटेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

धार्चेमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण

उत्तरी गोरखाको धार्चे गाउँपालिकामा निस्सा वितरण गर्न सुरुआत गरिएको छ। पालिकाभित्र रहेका अव्यवस्थित बसोबासीलाई शुक्रबारदेखि निस्सा वितरण गर्न सुरु गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - गाेरखा

आजकाे माैसमः यी प्रदेशमा हिमपात, तराईमा हुस्सु

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहनेछ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एमबिबिएस पढ्न सङ्घर्ष गर्दै दलित विद्यार्थी

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवाका दलित समुदायका एक विद्यार्थीले आर्थिक अभावकै कारण घरमै बसेर पूर्ण सरकारी छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्न नाम निकाल्न सफल भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - महेन्द्रनगर

'सजिलो छैन विदेश, हामीले दुःख पाए पनि अरुले नछोड्नु होला आफ्नो देश'

क्यानडामा सन् २०२३ यता आएका नेपाली विद्यार्थीको बिजोग छ। एक वर्षको फिलगायत अन्य गरी २०/२५ लाख खर्च गरेर अध्ययन र कामका लागि यहाँ आएका नेपालीले कामै नपाएर पिरोलिएका छन्', क्यानडाको ब्रह्माप्टन कलेजमा अध्ययनरत म्याग्दीकी अंकिता उपाध्याय भन्नुहुन्छ 'सजिलो छैन विदेश, हामीले दुःख पाए पनि अरुले नछोड्नु होला आफ्नो देश ।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकाको टेक्ससमा भाडाको घरमा गोली चल्दा ३ जनाको मृत्यु, २ जना घाइते

अमेरिकी राज्य टेक्ससको हस्टन क्षेत्रमा भाडाको घरमा आइतबार बिहान  भएको गोलीकाण्डमा कम्तीमा तीन जनाको मृत्यु  भएको छ। साथै अन्य दुई जना घाइते भएको पनि अधिकारीहरूले बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - ह्यस्टन

अमेरिकी रिपब्लिकन प्राइमरीमा ट्रम्प र हेलीबीच सोझो टक्कर

अमेरिकाको रिपब्लिकन पार्टीको राष्ट्रपति उम्मेद्वारका लागि हुने प्राइमरी चुनावमा अब ट्रम्प र हेलीबीच सोझो टक्कर हुने भएको छ। बाँकि रहेका तीन आकांक्षीमध्ये रन डिसान्तिसले पनि उम्मेद्वारी निलम्बन गरेपछि रिपब्लिकन चुनावी दौड यो मोडमा आइपुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्ट डीसी

सदन खुल्ने बित्तिकै फुल हाउसमा लगेर शान्ति प्रक्रियाको बाँकी काम टुङ्गो लगाइन्छ: प्रधानमन्त्री

‘सत्य निरुपण विधेयकबारे सबैसँग छलफल गरी तयारी गरेका छौँ। संसद्को उपसमितिबाट टुङ्गो लागेर समितिमा गएको छ। सदन खुल्ने बित्तिकै फुल हाउसमा लगेर प्राथमिकताका साथ टुङ्गो लगाइन्छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं