शनिबार, १६ अगस्ट २०२५

भारत पुगेर रविले भने- आमाकाे काखजस्ताे प्याराे केही हुँदैन

अन्तरक्रियाका लागि भारतकाे राजधानी नयाँ दिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आमाकाे काख (जन्मभूमि)जस्ताे प्याराे अरु केही नहुने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अब धरहरा क्षेत्रमा नि:शुल्क पार्किङ पाइने

गत मङ्गलबारदेखि न्युरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ निषेध गरेको काठमाडौँ महानगरपालिकाले नवनिर्मित धरहरा क्षेत्रमा रहेको पार्किङ भवनबाट पार्किङ सेवा दिने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

श्रमको मूल्य र महत्व पहिचानको अभाव भइरहेको छ: सभामुख घिमिरे

उनले श्रमिकको सामाजिक उत्थान गराउन कोषमा आबद्ध गराउन तीनै तहका सरकारले पहलकदमी लिनुपर्ने बताए। कोषमा हालसम्म रु ५१ अर्ब २९ करोड सङ्कलन भएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - मनहरी

माओवादी घटकबीच एकता अपरिहार्य छ, विभाजित भएर लक्ष्यमा पुग्न सकिन्न: प्रचण्ड

‘देशभरका माओवादी आन्दोलनका सबै कित्ताका सहकर्मीलाई एकताबद्ध हुन र एकढिक्का भएर काम गर्न अपिल गर्दछु’, विभाजित भएर लक्ष्यमा पुग्न नसिकनेतर्फ सङ्केत गर्दै उनले भने। जनयुद्धका सहिद, बेपत्ता तथा घाइतेलाई राज्यले कुनै न कुनै रूपमा सम्बोधन गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जनयुद्धका घाइतेको पुनः वर्गीकरण गरिने प्रतिबद्धता व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विकास परियोजनाको गुणस्तर सुनिश्चित गर्न इन्जिनियरहरू इमान्दार हुनुपर्छ: मुख्यमन्त्री कार्की

उनले नेपालमा प्राविधिक शिक्षा गुणस्तरीय रहेको प्रमाण विश्वका विभिन्न विश्वविद्यालयमा तथा निजी क्षेत्रमा कार्य गरिरहेका नेपाली इन्जिनियरहरूले देखाएका बताए।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

अध्यक्षमा हारेपछि राजालाई गाली गर्नु मेरो गल्ती भयो : कमल थापा

एउटा राजावादी पार्टीको महाधिवेशनमा स्वयं राजाले नै हुकुम भएको छ भनेर राजाका सचिवहरूले खुलेआम रूपमा ‘राजाको चाहना कमल थापालाई जसरी भए पनि हराउनु’ भन्ने सन्देश प्रवाह गरेपछि पार्टीका कार्यकर्ता स्वाभाविक रूपमा प्रभावित भए। तर, त्यति हुँदाहुँदै म जम्मा दुई सय भोटले हारेको छु।

बिएल संवाददाता

बिएल संवाददाता - अनिल यादव

सरकारले करिब ३ हजार जनालाई छिट्टै सहिद घोषणा गर्दैछ: प्रधानमन्त्री प्रचण्ड

‘यहाँ सहिद घोषणामा छुट भएको कुरा आयो। म तपाईंहरुलाई जानकारी गराउन चाहन्छु कि सरकारले करिब ३ हजार जनालाई छिट्टै सहिद घोषणा गर्दैछ। त्यसको तयारी भइरहेको छ। त्यो सूची गृह मन्त्रालयबाट प्रमाणित भइसकेको छ,’ प्रधानमन्त्री भने, ‘अब त्यो राजपत्रमा प्रकाशित गर्नका लागि अगाडि बढीसकेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

समाज डेन्टल हस्पिटलको शाखा अब कौशलटारमा

‘दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता’ भन्ने उद्देश्यका साथ २४ वर्षदेखि दन्त सेवा दिइरहेको समाज डेण्टल हस्पिटलको ९औँ शाखाले आज (शनिबार)देखि कौशलटार भक्तपुरमा आफ्नो सेवा सुरु गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - भरतपुर

वैदेशिक व्यापारका सूचक घटे पनि राजस्व सङ्कलनमा वृद्धि

राजस्व सङ्कलन भन्सार प्रशासनको महत्वपूर्ण कार्यका रुपमा लिइने गरिएको छ। मुलुकको कूल राजस्वको करिब ५० प्रतिशत राजस्व भन्सार प्रशासनले सङ्कलन गर्दै आएको छ। चालु आवको छ महिनाको वैदेशिक व्यापारको तथ्याङ्कलाई हेर्दा राजस्व योगदानमा मुख्यतः डिजेल, पेट्रोल, जिप, कार, भ्यान, तयारी कपडालगायत वस्तु रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले अध्यक्ष ओली र चिनियाँ उपमन्त्रीबीच भेट

ललितलपुर, च्यासलस्थित एमाले पार्टी मुख्यालयमा आज भएको भेटमा उनीहरुबीच नेपाल–चीन सम्बन्ध तथा एमाले र चिनियाँ कम्युनिष्ट पार्टीबीच सम्बन्धलाई राम्रो बनाउनुपर्दछ भन्ने विषयमा छलफल भएको एमाले विदेश विभाग प्रमुख डा राजन भट्टराईले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आर्थिक सूचाङ्क सकारात्मक छन्, मूल्यवृद्धि नियन्त्रणमा छ: अर्थमन्त्री महत

‘देशको अर्थतन्त्र समस्यामा थियो, विस्तारै सुधार हुँदैछ। हामीले धेरै राजनीतिक आरोह–अवरोह पार गरिसक्यौँ, राजनीतिक पूर्वाधार तयार पारिसक्यौं। अब अर्थतन्त्रको पूर्वाधार तयार पार्न आवश्यक छ। यो पूर्वाधार हामी तयार पार्न सक्छौं भन्ने कुरामा विश्वस्त छौं’, मन्त्री डा महतले भने, ‘हाम्रो आर्थिक सूचाङ्क सकारात्मक छन्। मूल्यवृद्धि नियन्त्रणमा छ। ब्याजदर घटिरहेको छ। शेयर बजारमा सुधार भइरहेको छ। आर्थिक गतिविधि पनि विस्तारै चलायमान बन्दै गएको छ।’ मुलुकलाई आर्थिक गति दिनका लागि स्पष्ट मार्गचित्र बन्दै गएको अर्थमन्त्री महतको दावी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संवैधानिक बाटोबाटै परिवर्तन ल्याउछौँ: नेता राणा (अन्तर्वार्ता)

अहिले संसद्मा अत्यन्त असल मानिस पनि आएका छन्, उहाँहरुसँग कहिलेकाहीँ भेटघाट हुँदा अचम्म लाग्छ। उदाहरणका लागि एकजना महिला सांसदले ‘आर्टिफिसियल इन्टेलिजेन्स’बारे संसद्मा भाषण गर्नुभयो। त्यस्ता महिला सांसदको पनि प्रतिनिधित्व छ। अरू धेरै काबिल र महत्वपूर्ण नेता पनि हुनुहुन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालको समृद्धिमा चिनियाँ सहयोग महत्वपूर्ण छ: गृहमन्त्री श्रेष्ठ

‘दुई मुलुकबीच आपसी सम्बन्ध अभिवृद्धि गर्न सांस्कृतिक आदानप्रदान शक्तिशाली माध्यम हुन्’, उनले भने, ‘साझा सांस्कृतिक सम्पदा तथा सदियौँदेखिका परम्पराले पारस्पारिक समझदारी कायम गर्न बलियो आधार प्रदान गरेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यौन दुर्व्यवहारको अभियोगमा पूर्व राष्ट्रपति ट्रम्पलाई ८ करोड ३३ लाख डलर जरिवाना तिर्न आदेश

यस मुद्दामा शुरूमा अदालतमा उपस्थित भएका ट्रम्पले बीचमा मुद्दाबारे आक्रामक धारणा सार्वजनिक गरेका थिए तर पछि अन्तिम बहसको लागि अदालती सुनुवाईमा सहभागी भएका थिए। क्षतिपूर्ति र दण्डात्मक क्षतिको स्तर अदालतका क्लर्कले पढ्दा उनी अदालतभन्दा बाहिर (अन्यत्रै) थिए।

बिएल संवाददाता

बिएल संवाददाता - न्यूयोर्क

रवि लामिछाने नयाँ दिल्ली र हैदरवाद आउँदै 

उनी भिस्तारा एअरलाइन्सको उडान नम्बर युके १५८ मा काठमाडौँबाट शनिबार नयाँ दिल्ली र आइतबार हैदरवाद आउन लागेको प्रवास नेपाली सम्पर्क विभागका नेता राज रोकायाले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

पत्रकारिता क्षेत्रको सुधारका लागि सरकारको आवश्यक सहयोग रहन्छ: उपप्रधानमन्त्री खड्का

उपप्रधानमन्त्री खड्काले भने, ‘पत्रकारितालाई सही गोरेटोमा हिँडाउन सक्नुपर्दछ, त्यसका लागि हामी सबैको सामूहिक दायित्व पनि हो, पत्रकारिता क्षेत्रमा व्यावहारिक र संस्थागत सुधारका लागि थुप्रै काम गर्नुपर्ने आवश्यकता छ, यसका लागि नीतिगत र संरचनागत सुधारका सम्बन्धमा सरकारबाट सधैँ साथ र सहयोग रहने विश्वास दिलाउन चाहन्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लमजुङमा मह उत्पादन बढ्यो

कृषि ज्ञान केन्द्र कार्यालय लमजुङका सूचना अधिकारी विजयी पौडेलका अनुसार यस वर्ष १३ हजार आठ सय ५० मौरीका घारबाट सो परिमाणमा मह उत्पादन भएको हो। गत वर्ष १० हजार २५ मौरीका घारबाट ३२ टन मात्र मह उत्पादन भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - लमजुङ

वर्तमान सरकारले जनताका पक्षमा काम गर्न सकेन: शङ्कर पोखरेल

आफू सम्बद्ध दल जनतामाझ लोकप्रिय रहेको दाबी गर्दै उनले पार्टी सङ्गठनलाई भने रूपान्तरण गर्दै लैजाने नीति रहेको बताए। राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्न उनले कार्यकर्ताहरुलाई आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - गलकोट

जनतामा छाएको निराशा चिर्न संवाद यात्रा सुरू गरिएकाे हाे: गगन थापा

उनले यो यात्रा आफ्नो व्यक्तिगत नभएर पार्टीको समुदायसँग जोड्ने अभियान भएको स्पष्ट पारे। महामन्त्री थापाले आफूहरु भुइँमान्छेको प्रतिनिधि भएको उल्लेख गर्दै पार्टी प्रतिको गुनासो सुन्न र आम समुदायको समस्या बुझ्ने यात्राको उद्देश्य रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ उपमन्त्रीको शिष्टाचार भेट

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय हित र चासोका विविध वियषमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं