बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले थप करिब ३ हजार जनालाई छिट्टै सहिद घोषणा गर्ने तयारी रहेकाे बताएका छन्।
सहिद प्रतिष्ठान नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले माओवादी जनयुद्धका क्रममा सरकारले घोषणा गर्न बाँकी रहेका करिब ३ हजार जनालाई छिट्टै सहिद घोषणा गर्ने तयारी रहेको बताएका हुन्।
उनले यसका लागि मन्त्रिपरिषद्बाट निर्णय भएर राजपत्रका प्रकाशित गर्ने कामलाई अघि बढाइएको बताए।
‘यहाँ सहिद घोषणामा छुट भएको कुरा आयो। म तपाईंहरुलाई जानकारी गराउन चाहन्छु कि सरकारले करिब ३ हजार जनालाई छिट्टै सहिद घोषणा गर्दैछ। त्यसको तयारी भइरहेको छ। त्यो सूची गृह मन्त्रालयबाट प्रमाणित भइसकेको छ,’ प्रधानमन्त्री भने, ‘अब त्यो राजपत्रमा प्रकाशित गर्नका लागि अगाडि बढीसकेको छ।
सहिद घोषणा आफैँमा सामान्य निर्णय नभएकाे भन्दै उनले भने, ‘म सबै सहिद र बेपत्ता परिवारका सदस्यहरुलाई पनि भन्न चाहन्छु, यो निर्णय आफैँमा सामान्य निर्णय होइन। यसले हाम्रा क्रान्तिलाई सम्मानित गरेको छ। युद्धलाई सम्मानित गरेको छ। र, सहिदहरुलाई राष्ट्रिय सहिदको रुपमा सम्मानित गरेको छ। र, हामी बाँचेकाहरुको एउटा ठूलो जिम्मेवारी यो निर्णयले पूरा गराएको छ।’
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
‘कुलत’काे कालाे बादल चिरेर झुल्किएका ‘किरण’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया