बुधबार, २७ अगस्ट २०२५

काठमाण्डु गुर्खाज ५ विकेटले पराजित, जनकपुर बन्या प्लेअफमा पुग्ने पहिलो टोली

नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले काठमाण्डु गुर्खाजलाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान बिहीबारको दोस्रो खेलमा जनकपुरले काठमान्डुलाई ५ विकेटले पराजित गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीनै तहको सरकारलाई समान अधिकार दिइएको छ : गृहमन्त्री लेखक

उनले तीन तहको सरकार फरक भएपनि अधिकार एउटै भएको भन्दै यो सबै व्यवस्था एकआपसमा जोडिने आधार भनेको सहकारीता र समन्वय भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिविमा मबाट हस्तक्षेप हुँदैन तर मेरिटोक्रेसी हुनुपर्छ भनेको छु: प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले भने, ‘त्रिविमा मेरिटोक्रेसी हुनु राम्रो हो तर त्यो साँच्चैको हुनुपर्छ। त्यसका नाममा ड्रामा चल्नु हुनु हुँदैन। कुलपतिले हस्तक्षेप गरेको भनेर मिडियाबाजी पनि गरिएको छ, सही कुरामा कुलपतिका हैसियतले मैले भूमिका निर्वाह गर्नैपर्छ। मबाट हस्तक्षेप हुँदैन तर मेरिटोक्रेसी हुनुपर्छ भनेर मैले भनेको छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएकाे छ। बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले लामिछानेलाई थप पाँच दिन म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्कोट अस्पतालमा हिनामिनाको सम्भावना छैन, म र रविसहित ५ जनामाथि छानबिन गरियाेस्: मुकुल ढकाल

‘रास्कोट अस्पताल र रवि लामिछाने फाउन्डेशनको विषयमा आएको समाचारको विषयमा मेरो ध्यानाकर्षण भएको छ। रास्कोट अस्पताल र रवि लामिछाने फाउन्डेशन दुइ वटा फरक संस्था हो। रास्कोट अस्पतालमा पैसा पुगेपछी टेन्डर विधिबाट पैसा निकासा गरिएको थियो, त्यसकारण यसमा कुनै पनि प्रकारको हिनामिनाको सम्भावना छैन’, उनले भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी स्थायी समिति बैठक स्थगित

यही मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचन, केन्द्रीय समिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज दिउँसो ३ बजेका लागि स्थायी समिति बैठक बोलाइएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारमा गएका मन्त्रीहरुको पद सुरक्षित छैन: मन्त्री यादव

उनले भने, ‘नयाँ कुरा केही छैन। राजनीतिकर्मीहरु बुझिहाल्नु हुन्छ। मेयर सापहरुको पद त पाँच वर्षसम्म कसैले हल्लाउन सक्दैन। तर दुई तिहाइको सरकार भएर पनि मन्त्रीहरुको पदको सुरक्षा छैन। पद सुरक्षित छैन। राजनीतिक कुरा हो यस्तो भइहाल्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पत्रकार महासंघ निर्वाचन: स्वतन्त्र उम्मेदवारी दिएर गठबन्धनलाई टक्कर दिँदै लामा

उनले दलीय भागबन्डाका आधारमा गठबन्धन पत्रकारहरूलाई चिन्तित बनाएकाे भन्दै आफूले स्वतन्त्र उम्मेदवारी दिएकाे बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनचाँदीको मूल्य स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार १ लाख ५४ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयाे

अनुसन्धानका लागि पुनः म्याद थप्न उनलाई बिहीबार प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराएकाे हो। पछिल्लो पटक चार दिनको म्याद थपिएको थियो। उक्त म्याद आज सकिँदैछ। लामिछाने झण्डै दुई महिनादेखि कास्की प्रहरीको हिरासतमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ। आज (बिहिबार) माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न पार्टीको स्थायी समिति बैठक बस्न लागेको हो। बैठक दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रवि लामिछानेलाई आज फेरि अदालत लगिँदै

सहकारी ठगी र संगठित अपराध अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि म्याद थप्न आज फेरि अदालत लगिँदैछ। पछिल्लोपटक थपिएको ४ दिनको हिरासत म्याद बुधबार बेलुका नै सकिएकाले थप समय माग गर्न अदालत उपस्थित गराउने तयारी गरेको कास्की प्रहरीका प्रवक्ता डिएसपी वसन्त शर्माले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

टस जितेर ब्याटिङ गर्दै विराटनगर

कीर्तिपुरस्थित टियु मैदानमा विराटनगर किंग्सले टस जितेर पहिले ब्याटिङ रोजेको हो। एनपिएलमा आजको पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीचमा हुदैँछ।  दुवै टोली पाँचौ खेल खेल्दै गर्दा दोस्रो जितको खोजीमा रहेका छन्। आजको खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बन्नेछ।लुम्बिनी लायन्स बुधवार प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपिएलमा बिहीबार पनि दुई खेल हुँदै

दुवै टोली पाँचौ खेल खेल्दै गर्दा दोस्रो जितको खोजीमा रहेका छन्। आजको खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बन्नेछ। लुम्बिनी लायन्स बुधवार प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको थियो।  पहिलो खेलमा चितवन र दोस्रो खेलमा जनकपुरसँग पराजित पोखराले तेस्रो खेलमा लुम्बिनीमाथि जित हात पारेको थियो। तर, पाँचौ खेलमा कर्णाली याक्ससँग हार बेहोरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजको फलफूल तथा तरकारीको मूल्य

जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ५० रुपैयाँ, भारतिय सुकेको प्याज ९२ रुपैयाँ रहेको छ। यसैगरी आलु रातोको ६१, आलु सेतोको ५८, लोकल बन्दाको मुल्य ४५, काउली स्थानीयको ५० रुपैयाँ कायम भएको  छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कर्मचारीहरू गुनासो पोख्न नेता बोकेर सिंहदरबार धाउँछन्: मन्त्री गुप्ता

सरकारका मुख्यसचिव एकनारायण अर्याल समेत सहभागी सो कार्यक्रममा उनले नेता बोकेर आफूलाई भेट्न आउने कर्मचारीबाट आजित भइसकेको बताए।  उनले भने, ‘मैले मन्त्रालय सम्हालेको पाँच महिना बितिसकेको छ। मुख्यसचिवजी साँच्चिकै मेरो कार्यकक्षमा आएर मलाई यस्तो समस्या प¥यो। यसरी हेरिदिनुहोस् भनेर कोही कर्मचारी आउनुहुन्न। जो पनि कर्मचारी आउनुहुन्छ एउटा न एउटा नेता बोकेरै आउनुहुन्छ। यो पीडाबाट म आफै ‘परिसान’ छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

वाचाल ओलीको विश्वसनियताको गिर्दो ग्राफ

केपी शर्मा ओलीको विश्वसनियताको ग्राफ लगातार गिर्दो छ । देशभित्र प्रायश: सबैलाई धोका दिएर आफ्नो विश्वसनियता सिध्याइसके, देश बाहिर पनि त्यस्तै चौपट अवस्था छ।भारतको लागि भ्रमणको निम्ता पाउँन लायक रहेनन्। निम्ता मागेर चीन गएका त्यता पनि खासै भरपर्दा भएनन्। अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लू काठमाडौं पुग्दा जानी जानी झापा बंक गरेर अमेरिकालाई पनि शंका गर्ने ठाउँ दिए।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

रोहित पौडेलको उत्कृष्ट प्रदर्शनबीच प्लेअपबाट बाहिरियो लुम्बिनी, अन्य टोलीको सम्भावना कति?

काठमाडौँ गुर्खाजसँग पराजित भएसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल)को प्लेअप होडबाट बाहिरिएको छ। लुम्बिनी पहिलो खेलमा विराटनगर किंग्ससँग २ विकेटले पराजित भएको थियो। त्यस्तै दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटले र तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भएको थियो। भने, चौथो खेलमा जनकपुर बोल्ट्ससँग १ रनले पराजित भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

घट्दो जनसंख्यालाई सम्बोधन गर्ने गरी नीति ल्याउने स्वास्थ्यमन्त्री पौडेलको तयारी

‘हाम्रो प्रजनन दर ऋणात्मक हुने अवस्थामा नजाओस्, त्यसको असर जनसांख्यिक विकासमा नपरोस् भनेर अपनाउँदै आएको नीतिमा परिमार्जन गर्न खोजेका छौँ’, उनले भने, ‘हामी नीतिगत परिमार्जनका लागि तयार छौँ। तर यो हाम्रो मात्र नभएर पालिका सरकारको पनि जिम्मेवारी हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं