शनिबार, २३ अगस्ट २०२५

सहकारीलाई उत्पादन सँग जोडिन मन्त्री गुरुङकाे आग्रह

दिगो पर्यटन सहकारी संस्थाको १४ औं साधारण सभाको उद्घाटन पश्चात बोल्दै मन्त्री गुरुङले सहकारीलाई अनुशासीत बनाउन आवश्यक रहेको धारणा राखे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

हुम्लाको भदुखोलामा युवकको शव फेला

पावरहाउस नजिक रहेको भदुखोलामा हेल्दुम गाउँका अन्दाजी ३८ वर्षीय चिरञ्जीवी शाही मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - मुगु

आउने चुनावमा कांग्रेस एक्लै लड्छ: प्रकाशमान सिंह

‘आगामी निर्वाचन एक्लै लड्ने भनेर कांग्रेस महासमिति बैठकले निर्णय गरेर केन्द्रीय समितिले अनुमोदन गरिसकेको छ’, कांग्रेस पूर्वमहामन्त्रीसमेत रहेका सिंहले भने, ‘पार्टीको मुख्य शक्ति संगठन हो। त्यसैले हामी सबै संगठन सुदृढीकरण गर्न लाग्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी

काम गर्ने तरिका सबैले परिवर्तन गरे मात्र विकास हुन्छ: मन्त्री गुरूङ

उनले सरकारमा रहेका हरेक व्यक्तिले आर्थिक र सामाजिक रुपान्तरणको लागि काम गर्ने तरिका नीतिगत तरिकामा विशेष ध्यान दिनुपर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देश दौडाहामा निस्किए रावल: विराटनगर विमानस्थलमा स्वागत

एमालेबाट निकालिएका पूर्वउपाध्यक्ष डा. भीम रावलले देश दौडाहा सुरु गरेका छन्। ‘मातृभूमि जागरण अभियान’मार्फत् पूर्वी नेपाल निस्किएका रावललाई आज विराटनगर विमानस्थलमा एमाले), एकीकृत समाजवादी र स्वतन्त्र नागरिकहरुले भव्य स्वागत गरे। स्राेतकाअनुसार डा. रावलले पहिलो कार्यक्रम एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाबाट सुरु गर्ने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

बुहारीकाे हत्या गरी फरार भएका महतो १६ वर्षपछि पक्राउ

प्रहरीले महतोलाई अदालतबाट जारी पक्राउ पुर्जी लिएर नियन्त्रणमा लिएको उनले बताए। पक्राउ परेका महतोले २०६५ पुष २४ गते आफ्नै भाइ हरिराम महतो नुनियाकी श्रीमती २२ वर्षीया शारद देवीको हत्या गरी बेपत्ता बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

अधिकृतकाे कार्यकक्षमा शिलाकाे बिलौना- कि भुक्तानी दिनुस्, नत्र मलाई पासो लगाएर मार्नुस्

शिला भन्छिन्, ‘मलाई अनुरोध गरियो पत्रकारहरुलाई नभनिदिनु। बिस्तारै रकम जुटाएर तिर्छौँ,’ उनले भनिन्, ‘हामी त गलपासोमा फसेका छौँ। मेयर चौधरी पहिल्यैदेखिका छिमेकी र हितैषि थिए। उनको भनाइमा ४४ लाखको सामान उधारो दिए। आज यो हविगत भयो।’

बिएल संवाददाता

बिएल संवाददाता - लहान

शेखर काेइरालाले बेलायतकाे संसदमा सम्बाेधन गर्ने

बेलायतको संसद् भवन भित्र यसरी त्यहाँका मन्त्री र सांसदलाई सम्बोधन गर्ने अवसर पाउने शेखर कोइराला पहिलो नेपाली नेता हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौं र ललितपुरका यी स्थानमा आज विद्युत अवरूद्ध हुने

काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज तीन घण्टा विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार काठमाडौं जोरपाटी वितरण केन्द्रको साँखु फिडर र ललितपुरको पुल्चोक वितरण केन्द्रको युएन पार्क फिडर अन्तर्गतका क्षेत्रहरूमा तीन घण्टा विद्युत अवरूद्ध हुने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रास्वपा केन्द्रीय समिति बैठक आजदेखि

केन्द्रीय समिति सदस्यहरू मात्रै रहने बैठकमा सहकारी सम्बन्धी अध्यादेश २०८१, संसदमा दर्ता भएका विधेयक र पार्टीको धारणा सम्बन्धी छलफल, पार्टी संरचना सम्बन्धमा प्रारम्भिक छलफल गरेर पहिलो दिनको बैठकको समीक्षा र दोस्रो दिनको छलफलको तयारी गरिनेछ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजदेखि देशभर जलपन्क्षी गणना गरिँदै

देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपन्क्षी गणना गरिने भएको छ। हरेक वर्षको जनवरी महिनाको पहिलो शनिबारदेखि जलपन्छी गणनाकार्य गरिँदै आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पत्रकार श्यामसुन्दर पुडासैनीको निधन

पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ। शुक्रबार नियमित काम सकेर कोठा फर्किएका पुडासैनी अचानक ढलेपछि अस्पताल पुर्याइएका थिए। हेल्पिङ ह्यान्ड्स अस्पतालले उनलाई शुक्रबार साँझ मृत घोषित गरेको हो। पुडासैनी केही दिनदेखि बिरामी थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

माक्र्सवाद कहिले पुरानो हुँदैन: नेता गजुरेल

शुक्रबार वैज्ञानिक समाजवादी पार्टीको राष्ट्रिय सम्मेलनमा बोल्दै नेता गजुरेलले समस्याहरुबाट अगाडि बढ्दै माक्र्सवादले सबै कुराको विकास गर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

शेखर कोइराला पक्षको नेविसंघकाे आरोप: ‘जय नेपाल कप’काे नाममा धम्काएर पैसा उठाउने गतिविधि भयो

नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला पक्षधर नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अध्यक्ष दुजाङ शेर्पाले धम्काएर अपारदर्शी तरिकाले पैसा उठाएको आरोप लगाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दक्षिण कोरियाका पदमुक्त भएका राष्ट्रपतिलाई किन गर्न खाेजिदै छ पक्राउ?

उच्च पदाधिकारीहरूका लागि भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ)का अनुसार निरन्तरको टकरावले युन विरुद्ध पक्राउ पुर्जी कार्यान्वयन गर्न असम्भव भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

साना पार्टीले सरकार बनाउँदा अस्थिरता भयो, त्यसैले वर्तमान सरकार बन्याे: प्रकाशमान

‘अहिले संसदको दुई ठुला दल मिलेर सरकार बन्दा कहिँ नभएको भयो भनेको सुन्छु। आवश्यक्ताको सिद्धान्तअनुसार दुई ठुला दल मिलेर सरकार बनेको हो,’ उनले भने, ‘साना पार्टीले सरकार बनाउँदा अस्थिरता भयो। केही महिनामै सरकार परिवर्तन हुँदा जनतामा निराशा थियो। बलियो सरकार बनोस् भन्ने जनचाहनाअनुसारनै वर्तमान सरकार बनेको हो।’

बिएल संवाददाता

बिएल संवाददाता - सप्तरी

पार्टी फुटाउने अध्यादेश ल्याउन सरकारले संसद छल्याे: माओवादी

‘संसद् अधिवेशन बोलाउन धेरै नै ढिला भएको छ। म सभामुखमा हुँदाखेरि मंसिरमै हुने गरेकाे थियाे, १२ गतेभन्दा त ढिला गएकै थिए। अहिले त हामी १९ गतेमा छलफल गर्दैछाैँ।भनेपछि सर्वथा बेठिक कुरा भइराखेको छ’, चाँडाे भन्दा चाँडाे सदन आह्वान गर्नुपर्छ।‘

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिडिओ र सुरक्षा प्रमुखलाई गृहमन्त्रीको निर्देशन- सीमित स्रोतसाधनका बिच परिणाममुखी काम गर्नुस्

गृहमन्त्री लेखकले लागूऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण तथा सवारी दुर्घटना न्युनीकरण चुनौतीका रुपमा रहेको बताउँदै सीमित स्रोत साधनका बिच पनि गम्भीर भएर काम गर्न निर्देशन दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महिलाहरु शासन गर्ने ठाउँमा पुग्नु राजनीतिक परिवर्तनको उपलब्धि हाे: प्रधानमन्त्री

हिजो छोरीहरुको साक्षरताको स्तर माथि आउन नसकेकामा आज महिलाहरु शासन गर्ने ठाउँमा पुग्नु राजनीतिक परिवर्तनको उपलब्धि भएको उनको भनाइ थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्वास्थ्य बीमाले आवश्यकताअनुसार काम गर्न सकेन: स्वास्थ्यमन्त्री

उनले भने, ‘नेपालको स्वास्थ्य बीमाको बारेमा धेरै खाले विषयहरु हामीले देखीरहेका छौँ। विध्यमान बीमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केही राहत केही सुविधाहरु उपलब्ध गराएको छ। तर यो आशिंक मात्र छ आवश्यकता अनुसारको छैन। व्यवस्थित छैन लक्षित समुहले पूर्णरुपमा लाभ लिने गरि यो अघि बढ्न सकेको छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं