
बिएल संवाददाता
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाले नेपालको स्वास्थ्य क्षेत्रमा राहत दिए पनि आवश्यकता अनुसारको काम गर्न नसकेको बताएका छन्।
शुक्रबार स्वास्थ्य बीमा क्षेत्र सुधार गर्नका लागि गठित सुधार समितिको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा बोल्दै उनले बीमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केही राहत दिएको तर यो आशिंक मात्र भएको बताएका हुन्।
उनले भने, ‘नेपालको स्वास्थ्य बीमाको बारेमा धेरै खाले विषयहरु हामीले देखीरहेका छौँ। विध्यमान बीमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केही राहत केही सुविधाहरु उपलब्ध गराएको छ। तर यो आशिंक मात्र छ आवश्यकता अनुसारको छैन। व्यवस्थित छैन लक्षित समुहले पूर्णरुपमा लाभ लिने गरि यो अघि बढ्न सकेको छैन।’
मन्त्री पौडेलले बीमालाई व्यवस्थित बनाउन नीति, योजना जरुरी भएकोले यस बारेमा अध्ययन गरिरहेको बताए।
उनले भने, ‘यिनै कुरालाई महसुस गरेर हामीले आम नागरिकलाई स्वस्थ्य क्षेत्रमा सेवा सुविधा उपलब्ध हुनेगरी नागरिकको खल्तीबाट जुन खर्च भएको छ त्यो खर्च नहुने स्थिति निर्माण गर्नको लागि स्वास्थ्य क्षेत्रमा सबैको पहुँच युनिर्भसल कभरेजको नीतिका अनुसार यसलाई व्यवस्थित गर्नको लागी हामीले काम अघि बढाउन खोजिरहेका थियौ त्यस सन्दर्भमा कस्ता नीतिहरु अवलम्वन गर्न जरुरी छ कस्तो योजना बनाउन जरुरी छ भन्ने बारेमा अध्ययन गरेर अब बीमालाई व्यवस्थित बनाउनपर्छ।’
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया