बिएल संवाददाता
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाले नेपालको स्वास्थ्य क्षेत्रमा राहत दिए पनि आवश्यकता अनुसारको काम गर्न नसकेको बताएका छन्।
शुक्रबार स्वास्थ्य बीमा क्षेत्र सुधार गर्नका लागि गठित सुधार समितिको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा बोल्दै उनले बीमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केही राहत दिएको तर यो आशिंक मात्र भएको बताएका हुन्।
उनले भने, ‘नेपालको स्वास्थ्य बीमाको बारेमा धेरै खाले विषयहरु हामीले देखीरहेका छौँ। विध्यमान बीमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केही राहत केही सुविधाहरु उपलब्ध गराएको छ। तर यो आशिंक मात्र छ आवश्यकता अनुसारको छैन। व्यवस्थित छैन लक्षित समुहले पूर्णरुपमा लाभ लिने गरि यो अघि बढ्न सकेको छैन।’
मन्त्री पौडेलले बीमालाई व्यवस्थित बनाउन नीति, योजना जरुरी भएकोले यस बारेमा अध्ययन गरिरहेको बताए।
उनले भने, ‘यिनै कुरालाई महसुस गरेर हामीले आम नागरिकलाई स्वस्थ्य क्षेत्रमा सेवा सुविधा उपलब्ध हुनेगरी नागरिकको खल्तीबाट जुन खर्च भएको छ त्यो खर्च नहुने स्थिति निर्माण गर्नको लागि स्वास्थ्य क्षेत्रमा सबैको पहुँच युनिर्भसल कभरेजको नीतिका अनुसार यसलाई व्यवस्थित गर्नको लागी हामीले काम अघि बढाउन खोजिरहेका थियौ त्यस सन्दर्भमा कस्ता नीतिहरु अवलम्वन गर्न जरुरी छ कस्तो योजना बनाउन जरुरी छ भन्ने बारेमा अध्ययन गरेर अब बीमालाई व्यवस्थित बनाउनपर्छ।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया