सोमबार, २६ अक्टोबर २०२६

श्रृङारिक आरती

दाङको घोराही उपमहानगरपालिका–१८ स्थित प्रसिद्ध शक्तिपीठ अम्बिकेश्वरी मन्दिरमा शनिबार राति श्रृङारिक आरती गरिँदै । मन्दिरमा हरेक शनिबार श्रृङारिक आरती गरिन्छ । तस्बिरः कुलदीप न्यौपाने/रासस

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

खर्च कटौतीको प्रस्ताव प्रस्तुत

काठमाडौँ, २ असार : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विनियोजन विधेयक, २०८१ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयका विभिन्न शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

टी-२० विश्वकप: नेपालले बंगलादेशसँग भोलि बिहान खेल्दै

सेन्ट भिसेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ५: १५ बजेदेखि हुदै छ । नेपाल सुपर आठको दौड बाट भने बाहिरिएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

टापू निल्दैछ समुद्रः भाग्दैछन् टापूबासी

चर्को गर्मी, डरलाग्दो आँधी र टापूमा पानीको सतह बढ्दैजाँदा हजाराैँ आदिवासीलाई उनीहरूकै मूलथलोमा स्थानान्तरण गरिएको अधिकारीहरूले जनाएका छन्। ७२ वर्षअघि कार्टी सुग्तुपु टापूमा जन्मिएका लोपेजले भने, ‘हामीहरू निकै दुःखी छौँ। किनभने यो टापू हरायाे भने हाम्रो हृदयको एउटा अंश र हाम्रो संस्कृति पनि हराउँछ।’

बिएल संवाददाता

बिएल संवाददाता - पानामा

टुँडिखेलमा भूमे पर्वको रौनक, मन्त्रीदेखि कलाकारसम्म सहभागी (तस्बिरहरु)

शनिबार टुँडिखेलमा प्रकृतिकाे पूजा गर्दै भूमे पर्व मनाउन सुरु गरिएकाे हाे। नेपाल मगर संघ केन्द्रीय समितिकाे आयाेजित पर्व साेमबारसम्म चल्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उखरमाउलो गर्मीबाट बच्चालाई कसरी जोगाउने?

गर्मीका कारण बालबालिकाहरूमा धेरै थकान हुने, हातखुट्टा फर्किनेजस्ता असरहरू देखिन सक्छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसार यस्ता लक्षण देखिए बालबालिकालाई तुरुन्तै अस्पताल पुर्‍याउन अपिल गरिरहेको छ।

मिनु गोले

मिनु गोले - काठमाडाैं

नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित, सुपर-एटबाट बाहिरियाे

नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ। दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्र बनाएपछि एक रनले हारेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपालको शानदार बलिङ, दक्षिण अफ्रिकाद्वारा ११६ रनको लक्ष्य प्रस्तुत

अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी- २० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विश्वकप क्रिकेटः नेपालले टिस जित्यो, दक्षिण अफ्रिकाले पहिलो ब्याटिङ गर्ने

आइसीसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको समूह ‘डि’अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा आज टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाविरुद्ध भिड्दैछ। वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रङ्गशालामा नेपालले टस जितेर दक्षिण अफ्रिकालाई पहिले ब्याटिङको निम्तो दिएको छ। नेपाल र दक्षिण अफ्रिका पहिलो पटक आमनेसामने हुन लागेका हुन्। नेपाललाई अन्तिम आठमा स्थान बनाउनका लागि दक्षिण अफ्रिकाविरुद्धको आजको खेल जित्नैपर्ने दबाब छ। दक्षिण अफ्रिका भने समूह ‘डि’बाट सुपर आठमा पुगिसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सय दिनको रफ्तारमा ‘प्रश्न’हरूबाट टाढा-टाढा भागिरहेका रवि

सय दिने फेहरिस्त सुनाइसकेपछि पनि शुक्रबार पत्रकारहरूलाई उनलाई एकपछि अर्को प्रश्न गरिरहे। तर, उनले त्यसको जवाफ फर्काउँदै फर्काएनन्। केही राजनीतिक सवालजवाफ भने उनले मज्जैले गरे। तर, उनको नाम मुछिएका धेरै प्रश्नहरूबाट तर्किएर हिँडे।

जीवन डाँगी

जीवन डाँगी - काठमाडाैं

सांसद आचार्यको आरोपप्रति क्यानले भन्याे- सांसदज्यूकाे कपोकल्पित कुराले क्रिकेटको गरिमा घटायो

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सांसद आचार्यले संसदमा नेपाली क्रिकेटको विषयमा उठाएको विषयले नेपाली क्रिकेट, संसद र सांसदको गरिमा घटाएको उल्लेख गरेका छन्। उनले हुँदै नभएको कपोकल्पित कुरा सांसदले उठाएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्छौँ, मनोनयन प्रणाली अन्त्य गर्छौँ: प्रचण्ड

‘विधान अधिवेशनबाट पार्टीमा प्रत्यक्ष निर्वाचन गर्ने निर्णय गरिएको छ’, प्रधानमन्त्री दाहालले भने, ‘मनोनयन गर्ने प्रथा अब रहँदैन, विद्यार्थीमा पनि प्रत्यक्ष निर्वाचन हुन्छ।’ उनले नेपालका कम्युनिस्टहरू एकताबद्ध गर्नुपर्नेमा जोड दिँदै उनले एकीकृत पार्टीको नेतृत्व आफू नेतृत्वको पार्टीले गर्न सक्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री लामिछानेकाे गुनासो- सरकारमा त हामी छौँ, सत्ता अर्को छ

उनले भनेक छन्, ‘एउटा सरकार हुन्छ, अर्को सत्ता हुन्छ। सत्ता लामो समयसम्म कब्जा गरेर बसेको हुन्छ। सरकार फेरिँदा पनि सत्ता फेरिँदैन। नेपालमा सरकारमा त हामी छौँ। सत्तामा त के–के छ, के–के छ? त्यो सत्तालाई तोड्न अलिकति गाह्रोचाहिँ हुन्छ।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गण्डकीमा ‘फ्लोर क्रस’ गर्ने सांसद देवकोटा पदमुक्त

नेकपा माओवादी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटालाई कारबाही गरेको पत्र शुक्रबार नै प्रदेशसभा सचिवालयमा पठाएका थिए। साेही पत्रबारे सभामुखले सदनलाई जानकारी गराएका हुन्। गत साेमबार प्रदेशसभा बैठकमा फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादीले शुक्रबार सांसद देवकोटालाई कारबाही गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वक्र ईदकाे अवसरमा साेमबार सार्वजनिक बिदा

गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै राजपत्रमा प्रकाशित सूचनाअनुसार वक्र ईदकाे अवसरमा असार ३ गते सार्वजनिक बिदा दिने जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गण्डकीमा फ्लोर क्रस गर्ने सांसद देवकोटालाई माओवादी गर्‍याे कारबाही

गत साेमबार प्रदेशसभा बैठकमा फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादीले शुक्रबार सांसद देवकोटालाई कारबाही गरेकाे हाे। देवकोटालाई कारबाही गरिएको जानकारी माओवादीले प्रदेशसभा सचिवालयलाई गराइसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस सांसदकाे प्रस्ताव- संसद भवनभित्र मदिरा पिउने ‘बार’ निर्माण गरौँ

‘अधिकांश माननीयहरू मदिरा पिउनुहुन्न। लन्डन स्कुल अफ इकोनोमिक्सको क्यान्टिनमा जाँदा त्यहाँ पनि बार रहेछ। त्यसको लिमिटेसन हुन्छ। सम्माननीय सभामुख महोदय, अहिले बन्दै गरेको संसद भवनभित्र विदेशी पाहुन आउँदा सोसलाइजेसन गर्ने बार निर्माण गर्ने हो कि? यसमा ध्यानाकृष्ट गर्न चाहन्छु’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल–भारतबीचको दीर्घकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयन हुँदैछ: प्रधानमन्त्री

‘केही दिनअघि भारतीय समकक्षी नरेन्द्र मोदीजीको सपथ ग्रहण कार्यक्रममा जाँदा भएको भेटमा विगतमा गरिएका द्विपक्षीय सम्झौताहरूलाई अझै सशक्त रूपमा कार्यान्वयन गर्ने विषयमा कुराकानी भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यसले दुई मुलुकबीचको दीर्घकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयनमा महत्त्वपूर्ण उपलब्धि हासिल हुनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा

ठूला पूर्वाधार निर्माणले ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने भाष्य गलत सावित भयाे: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने नकारात्मक भाष्यले स्थान पाउन थालेको परिस्थितिमा ठूला पूर्वाधारको निर्माण सम्पन्न हुनुले देशमा आशाको सञ्चार प्रवाह गरेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा

झापामा एकै परिवारका ३ जना मृत फेला

शिवसताक्षी नगरपालिका वडा नम्बर ३ भोटेपुलमा शुक्रबार बिहान एकै घरमा दुई बालकसहित तीनजना मृत फेला परेका हुन्। सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा, छोराहरु ९ वर्षका विशाल र ३० महिनाका आयुष मृत फेला परेका हुन्। अन्जली झुन्डिएको अवस्थामा फेला परेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - झापा