एमाले सचिवालय बैठक बस्दै
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दै छ। दिउँसो एक बजेका लागि बोलाइएको बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ। बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी छलफल हुने बताइएको छ। यसअघि बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकको एजेन्डा तय गरेको थियो।
बिएल संवाददाता - काठमाडाैँ