बिएल संवाददाता
नेपाल प्रिमियर लिग(एनपिएल) मा आज बुधबार कर्णाली याक्स र काठमान्डु गुर्खाज तथा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।
कर्णाली याक्स र काठमान्डु गुर्खाजबीचको खेल बिहान ९ बजे सुरु हुनेछ। यी दुवै टीम यसअघि हार बेहोरका टीम हुन्। आज दुवैले जित निकाल्ने दाउमा छन्। अनुभवी र प्रतिभाशाली खेलाडीहरू भएपनि यसअघि त्यसअनुरुप कर्णालीले प्रदर्शन गर्न सकेन।
सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले हारेको थियो।
काठमान्डु पनि आफ्नो पहिलो खेलमा चितवनसँग ५ विकेटले हारेको हो।
यस्तै आजै लगातार दुई खेल हारेको सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पहिलो पटक खेल्दै गरेको लुम्बिनीसँग भिड्नेछ। राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिलो खेलमा जित निकाल्ने दाउमा छ भने विराटनगर तेस्रो धक्काबाट बच्न चाहन्छ।
विराटनगरले यसअघि पहिलो खेलमा जनकपुर र दोस्रो खेलमा सुदूरपश्चिमसँग फराकिलो अन्तरको हार व्यहोर्यो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया