बिएल संवाददाता
नेपाल प्रिमियर लिग(एनपिएल) मा आज बुधबार कर्णाली याक्स र काठमान्डु गुर्खाज तथा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।
कर्णाली याक्स र काठमान्डु गुर्खाजबीचको खेल बिहान ९ बजे सुरु हुनेछ। यी दुवै टीम यसअघि हार बेहोरका टीम हुन्। आज दुवैले जित निकाल्ने दाउमा छन्। अनुभवी र प्रतिभाशाली खेलाडीहरू भएपनि यसअघि त्यसअनुरुप कर्णालीले प्रदर्शन गर्न सकेन।
सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले हारेको थियो।
काठमान्डु पनि आफ्नो पहिलो खेलमा चितवनसँग ५ विकेटले हारेको हो।
यस्तै आजै लगातार दुई खेल हारेको सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पहिलो पटक खेल्दै गरेको लुम्बिनीसँग भिड्नेछ। राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिलो खेलमा जित निकाल्ने दाउमा छ भने विराटनगर तेस्रो धक्काबाट बच्न चाहन्छ।
विराटनगरले यसअघि पहिलो खेलमा जनकपुर र दोस्रो खेलमा सुदूरपश्चिमसँग फराकिलो अन्तरको हार व्यहोर्यो।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया