सोमबार, १० नोभेम्बर २०२५

भूमिसम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने उपेन्द्रको निर्णय

जसपा नेपालले अन्य ५ अध्यादेशमा भने समर्थन गर्ने बताएको छ। संसदीय दलको बैठकपछि अध्यक्ष यादवले विज्ञप्ति जारी गर्दै भूमिसम्बन्धी अध्यादेशमा समर्थन गर्न नसक्ने बताएका हुन्। यादवले सो अध्यादेश सरकारले विभिन्न बहानामा विभिन्न व्यक्तिलाई जग्गाको परिमाणको सीमा तथा क्षेत्र समेत नतोकी बिक्रि वितरण गर्न र बाँड्न ल्याएको दाबी गरेका हुन्। जसपा नेपालले सो अध्यादेशको विपक्षमा मतदान गर्ने पनि उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२ लाख ७० हजार भाडा तिरेर नेपालीको ३ अर्ब ठगी

घरधनी दावाङ दोर्जे शेर्पाले एक महिनाको सम्झौता गरेर एक व्यक्तिलाई घर भाडामा दिएका थिए। प्रहरीका अनुसार उक्त घरमा एक महिनादेखि २३ जना मानिस बस्दै आएका थिए। एउटै कोठामा बसेका उनीहरू खाट र भुईँमै बसेर धन्दा चलाउँथे, त्यो पनि दिनरात।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाबुरामको पार्टीका केन्द्रीय सदस्य मल्ल माओवादी केन्द्रमा प्रवेश

माओवादी केन्द्रमा प्रवेश गर्दै मल्लले भट्टराईले नयाँ बनाउने नाममा कम्युनिष्ट विचार छाडेको साथै बाबुरामले भन्ने गरेको नयाँ विकल्पको दिशाहीन राजनीतिको औचित्यसमेत समाप्त भएकाले पार्टी परित्याग गरेको बताए। देश र जनतालाई माया गर्ने वास्तविक पार्टी माओवादी केन्द्र भएको अब आफू पुरानै घर फर्किएको बताउँदै माओवादी केन्द्रमा रहेर देश र जनताको पक्षमा काम गर्ने उनले प्रतिबद्धता जनाए।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

‘क्यान’ टुक्राउने विधेयकप्रति कर्मचारी संघको आपत्ति, हवाई सेवा ठप्प पार्ने चेतावनी

‘नेपालको हवाई क्षेत्रको एकमात्र सक्षम सबल एवं समृद्ध संस्थालाई अन्य विकल्प हुँदाहुँदै सरोकारवाला, वौद्धिक वर्ग, आम कर्मचारी, प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरू र पेशागत संघ सङ्गठनहरूलाई वेवास्ता गरी तथा कुनै अमूक संस्थाले दिएको प्रतिवेदनको सुझावलाई मात्र सैद्धान्तिक आधार लिई दर्ता गरिएको प्रस्तावित विधयेकमा स्वार्थ समूहको वर्चस्व हुने गरी उड्डयन क्षेत्रको सामान्य जानकारी समेत नभएको व्यक्तिले नेतृत्व गर्न सक्ने गरी ल्याइएको विधेयकले प्राधिकरणको समग्र हित भन्दापनि अझ धरासायी बनाउने उदेश्यले दर्ता गरिएको विधेयकहरूलाई तत्काल स्थगन गर्न लोकतान्त्रिक कर्मचारी संघको जोडदार माग गर्दछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेसपा (नयाँ शक्ति) को उपाध्यक्षमा मानुषी निर्विरोध निर्वाचित

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को उपाध्यक्षमा मानुषी यमी भट्टराई निर्विरोध निर्वाचित भएकी छन्। पार्टीको प्रचार विभाग हेर्दै आएकी मानुषी महाधिवेशनबाट उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन्। महिला उपाध्यक्षमा मानुषीको मात्रै उम्मेदवारी परेको थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेसपा (नयाँ शक्ति)को अध्यक्षमा बाबुरामलाई टक्कर दिँदै नेत्र

नेपाल समाजवादी पार्टी (नेसपा) नयाँ शक्ति पार्टीको अध्यक्षका लागि डा. बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईँले उम्मेदवारी दर्ता गराएका छन्। आइतबारबाट सुरु भएको पार्टीको महाधिवेशनमा आज नेतृत्व चयनका लागि मतदान हुनेछ। तीन बजेबाट नयाँ नेतृत्व चयनको लागि मतदान गराउने तयारी निर्वाचन आयोगले गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शान्दार म:म ग्यास विस्फोटबाट घाइते दुई जनाको मृत्यु

काठमाडौंको कमलपोखरीमा रहेको शानदार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विश्व राजनीतिमा ट्रम्पवादको प्रवेश!

ट्रम्पवाद अमेरिकी राजनीति र समाजमा गहिरो प्रभाव पर्ने विचारधाराको रुपमा विकसित भएको छ। यसले अमेरिका र विश्वव्यापी राजनीति, आर्थिक र सामाजिक संरचनामा महत्वपूर्ण परिवर्तन ल्याएको छ। ट्रम्पको नेतृत्वले रिपब्लिकन पार्टीको रणनीति र विचारधारामा नयाँ दिशा दिएको छ, र यसले अमेरिकाको भविष्यमा एक शक्तिशाली भूमिका खेल्न सक्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलनामा मुद्दा दायर, फागुन ४ मा पेसी

अर्यालले दायर गरेको मुद्दामा प्रधानमन्त्री ओली र भूमि व्यवस्था मन्त्री बलराम अधिकारीलाई विपक्षी बनाइएको छ। मुद्दाको पेसी फागुन ४ गतेका लागि तोकिएको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ। संवैधानिक इजलासको फैसला कार्यान्वयनको साटो आदेश विपरितको अध्यादेश ल्याएर प्रधानमन्त्री ओलीले अदालतको अवहेलनामा गरेकाले उनलाई कसुरदार गर्न अर्यालले माग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जब सभामुखले सांसद ज्ञानेन्द्रबहादुरलाई ‘ज्ञानबहादुर’ भनिदिए…

शून्य समयको अन्तिममा सांसद कार्कीको पालो आएपछि सभामुख घिमिरेले ‘अब माननीय ज्ञानबहादुर कार्की’ भनेका थिए। तत्काल गल्ती सच्याउँदै उनले ज्ञानेन्द्रबहादुर कार्की भनिसकेका थिए। त्यसपछि बोल्ने पालो पाएका सांसद कार्कीले सभामुखलाई ध्यान दिएर मात्रै नाम उच्चारण गर्न सुझाव दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन (फोटो फिचर)

सबै प्रकारका जातीय भेदभाव र हिंसाविरुद्ध प्रदर्शनसहित उनीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा समेत मागेका छन्। सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारबीचको अन्तरजातीय विवाहको विषयमा उनीहरूमाथि धरपकड र जोडी छुटाउँन गृहमन्त्री र प्रहरी प्रशासनले अत्याचार गरेको समाचारहरू प्रकाशित भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केपी ओली रहेसम्म बाम एकता सम्भव छैनः प्रचण्ड

उनले एमाले वा कांग्रेससँग पटक-पटकको सहकार्यले आफ्नै पार्टीको राजनीतिक संस्कृति प्रभावित भएको स्वीकार गर्दै भने, ‘हामी पनि कहिले एमाले, कहिले कांग्रेससँग मिल्दा अलिअलि उनीहरूको संस्कृति आत्मसात् गरेजस्तो भएको छ। अब हामी फेरि आत्मसुधार गरेर जनतासँग जानेछौं। अहिले हाम्रो प्राथमिकता सरकार होइन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या, अख्तियारको कार्यक्रममा भएनन् सहभागी

आज बिहान पौने ९ बजे उक्त कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने कार्यतालिका थियो। तर, स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उपस्थित हुन नसकेका हुन्। बालुवाटार स्रोतले बिरामीको अवस्थाबारे स्पष्ट जानकारी दिएन। उनको स्वास्थ्यमा सामान्य समस्या देखिएको र सरकारी निवासमै आराम गरिरहेको स्रोतले बतायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालीको हातमा पनि ‘हत्कडी’ लगाउँदै ट्रम्प!

मेरिकामा लुकेर बसेका कति नेपालीलाई ‘निकाल्दैछन्’ ट्रम्पले? कुन–कुन स्टेटमा बसेका नेपालीहरू सबैभन्दा पहिले समातिएलान्? कस्ता–कस्ता नेपालीहरू देश फर्किँदैछन्? ‘भिजिट भीसा’मा अमेरिका पुगेका नेता, कलाकार, एनजिओकर्मी देखि तल्लो बाटो हुँदै हिँडेर गएका कति अवैध नेपाली अमेरिकामै लुकेका छन्?  ट्रम्प फर्किएसँगै मानव-तस्करलाई लाखौँ रकम बुझाएर अमेरिका पुगेका ‘अवैध आप्रवासी’हरूलाई धमाधम आ-आफ्नो देश फर्काइँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘केपी ओलीका मान्छे हौं’ भन्दै प्रहरी कुट्ने एमालेका विद्यार्थी नेताहरू पक्राउ

गत माघ २४ गते मध्यरातमा प्रहरी वृत्त, दरबारमार्गमा केशरमहल बिटबाट खटिएका प्रहरी हवल्दार जगुलाल घर्ती र जवान नगेन्द्रराज विष्टमाथि अनेरास्ववियूका स्थायी कमिटी सदस्य एवं अमृत साइन्स क्याम्पस (अस्कल) इकाइका पूर्व अध्यक्ष कमल जोशी, सिग्देल र फुलाराको ग्याङले आक्रमण गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फेरि एउटा ठूलो आन्दोलनको आवश्यकता महशुस भएको छ: प्रचण्ड

उनले वर्तमान सरकार संविधान मिचेर राष्ट्रपतिलाई जबरजस्ति दबाव दिएर बनेको सरकार भएको आरोप लगाए। सरकारले संविधानलाई कर्नरमा पार्न खोजेको पनि उनको आरोप छ। उनले भने, ‘यो संविधान मिचेर बनेको सरकार हो यो। राष्ट्रपतिलाई जबरजस्ति दबाव दिएर बनेको सरकार हो यो भन्ने आरोप छ मेरो। लोकतान्त्रिक पनि छैन। त्यसैले लोकतन्त्रको मर्म विपरित पनि आएको छ यो। यसले संविधानलाई कहीँ न कहीँ कर्नरमा पार्न खोजेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीको के खुस्किएको हो प्रचण्डको मन्तव्य छोडेर टिकटकरसँग गफ गर्नुहुन्छ: माधव सापकोटा

आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिलेको प्रधानमन्त्री प्राविधिक रुपमा जोड घटाउ, हिसावकिताब अलि गर्न नजान्ने भाष्य नै सिर्जना गरिसकेको बताएका हुन्। उनले प्रधानमन्त्री मादल बजाउने, गितार बजाउने, सोसल साइडहरू पनि आफैंले ह्यान्डल गर्ने विपक्षी दलको नेताको मन्तव्य सुन्न छाडेर टिकटकरहरूसँग गफ गरेर बस्ने गरेको आरोप लगाउँदै ‘ओलीको के खुस्कियो’अब यो बुझ्न बाँकी रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनमत र नाउपा एकता गर्ने रेशमको खुलासा

उनले डा. राउत र आफूहरू मुठ्ठी कसेर अगाडि बढिरहेको सन्दर्भ उल्लेख गर्दै अब प्रयोग गर्न मात्र बाँकी रहेको र सन्दर्भ आफैं बुझ्न भन्दै एकताको संकेत गरेका हुन्। त्यस्तै उनले नेसपा नयाँशक्ति, विवेकशील साझा, नाउपा र जनमत पार्टी मिलेर अगाडि बढ्नुपर्ने बताए। उनले भने, ‘अगाडि हुनुहुन्छ डा. सीके राउत, उहाँ र हामी मुठ्ठी कसेर हात समातिसकेका छौं। अब प्रयोग गर्नमात्रै बाँकी होला। सन्दर्भ आफैं बुझ्नुस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाबुरामको नेसपा (नयाँ शक्ति)को महाधिवेशनमा पुराना पार्टीलाई बहिष्कार, नयाँलाई मात्रै निम्तो

उदघाटन सत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यबाहक सभापति डोल प्रसाद अर्याल, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, विवेकशील साझाकी नेतृ समीक्षा बाँस्कोटालगायत नेताहरू सहभागी भएका छन्। काठमाडौंस्थित प्रज्ञा-प्रतिष्ठानमा आइतबारबाट सुरु भएको महाधिवेशन माघ २९ गतेसम्म चल्ने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अध्यादेशमा बार्गेनिङको उपेन्द्रद्वारा खण्डन, भन्छन्- ‘यस्तो फोहोरी र फटाहा कुरा कहाँबाट आयो?’

शुक्रबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष उपेन्द्र यादवले आफूहरूको कारणले अध्यादेश नअड्किएको भन्दै संसदको कार्यसूचीमा राखेपछि मात्र आफ्नो निर्णय सार्वजनिक गर्ने बताएका हुन्। उनले भने, ‘हामीले अध्यादेश अड्काएको होइनौं। सरकारले आफै कार्यसूचीबाट हटाएको छ। हामी धारणा बनाउँदैंछौं, हाम्रो सोच सकारात्मक छ। अब सरकारले कार्यसूचीमा ल्याएपछि निर्णय गर्नेछौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं