जनकपुरधाम उपमहानरपालिका –१४ स्थित विद्युत प्राधिकरण नजिकै गोली हानी एक युवकको हत्या गरिएको छ । ४० वर्षीय मनोज साहको गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।
जनकपुरधाम उपमहानरपालिका –१४ स्थित विद्युत प्राधिकरण नजिकै गोली हानी एक युवकको हत्या गरिएको छ । ४० वर्षीय मनोज साहको गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।
'उनीहरुबीच लेनदेनको विषयमा विवाद हुँदा गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ' जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले भने।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार साहलाई गोली हान्ने अभियुक्त पक्राउ गरिएको छ ।पक्राउ पर्नेमा पंकज चौधरी रहेका छन् । घटनास्थलबाट प्रहरीले अटोमेटिक पेस्तोल, कटुवा पेस्तोल एक/एक थान र २१ थान गोली समेत बरामद गरेको छ।