त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार अधिकृत पराजुलीसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
पराजुलीका साथ अध्यागमन अधिकृतहरु मनहरी बराल, दिनेश के।एम।, तोरण पराजुली, चक्र बहादुर श्रेष्ठ, मनोज कुमार पोखरेल, बिजय सापकोटा, शैलेन्द्र ढकाल, बिरसिङ्ग भण्डारी, पदम प्रसाद बजगाईँ¸ जगदिशचन्द्र नेपाली र कम्प्युटर अपरेटरहरु रोशन गौतम र भोज प्रकाश न्यौपानेलाई आयोगले प्रतिवादी बनाएको छ ।
उनीहरुले २४८ जनालाईलाई प्रस्थान अनुमति दिने प्रतिव्यक्ति दश हजारका दरले चौबीस लाख असी हजार लिएको आरोप आयोगको छ।